वीरगंज । गोरखामा एक जना एमालेका नेतामाथि आक्रमण भएको छ । आक्रमणबाट पालुङटार नगरपालिका(७ स्थित एक रिसोर्टमा आइतबार राति ११ बजे खाना खाइरहेका बेला एमाले गण्डकी प्रदेश सदस्य हरि काफ्ले घाइते भएका छन् ।
खाना खान रिसोर्टमा गएका काफ्लेलाई त्यही रहेका युवाको समूहले आक्रमण गरेको डिएसपी लिलाराज लामिछानेले बताए । काफ्लेको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको प्ररहीले जनाएको छ ।
काफ्लेसँगै रहेका एमालेकै खेलकुद महासंघका केन्द्रीय कार्यालय सदस्य दीपक तामाङ पनि सामान्य घाइते भएका छन् । प्रहरीले घटनामा समलग्न रहेको भन्दै तनहुँका अजित पन्त र राम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू दुवै जना एमालेकै युवा संघ कार्यकर्ता भएको स्रोतको भनाइ छ ।