• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजको उपमेयर हुँदा किन अख्तियार धाएका थिए अजय द्धिवेदी ?

  • वीरगंज संजाल
  • २८ कार्तिक २०७९, सोमबार १६:२४
  • १८०१

    वीरगंज । अगामी मंसिर ४ गतेको आम निर्वाचन आउन एक साता मात्र बाँकी छ । उम्मेदवारहरु विभिन्न नारा र वाचा गरेर मतदातालाई रिझाउन लागि परेका छन् । पर्साको निर्वाचन क्षेत्र नम्बर १ मा एमाले जसपा गठबन्धन, ५ दलीय सत्ता गठबन्धन र स्वतन्त्र उम्मेदवार बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।एमाले जसपा गठबन्धनका प्रदीप यादव र सत्ता गठबन्धनका लक्ष्मण लाल कर्णले पार्टीको घोषणपत्र बमोजिम जनताको बीचमा गएर मत मागिरहेका छन् । यता स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीले आफूमाथि विभेद भएको, अन्याय भएको र आफू इमानदार तथा विकासप्रेमी नेता भएकाले मत मागिरहेका छन् । २०४९ सालमा कांग्रेका माधवलाल क्षेष्ठ वीरगन्जको मेयर हुँदा २७ वर्षीय अजय कुमार द्धिवेदी उपमेयर भएका थिए । ३० वर्ष अगाडि हरित वीरगन्ज बनाउन उनले १० लाख रुपैयाँ विनियोजन गरि वीरगन्जको घन्टाघरदेखि उत्तर तर्फको सडकमा वृक्षारोपण गर्ने योजना ल्याएका थिए । त्यसबेलाको १० लाख रुपैयाँको विरुवा इमानदारीपूर्वक रोपिएको भए अहिले वीरगन्जको दृश्य अर्कै हुन्थ्यो । वीरगन्ज महानगरपालिकाका पुराना कर्मचारीका अनुसार १० लाख रुपैयाँ निकासा भएपनि केही थान विरुवा मात्र रोपिएको थियो । ‘उचित हेरचाह विना ती विरुवा सुखेर गए,’ महानगरका एक कर्मचारी भन्छन्, ‘३० वर्ष अगाडि १० लाख रुपैयाँ पनि ठूलो रकम थियो ।’ आफूलाई इमानदार र विकासप्रेमी भनेर प्रचार गरिरहेका द्धिवेदीले आफ्नो विवाह हुने दिन नै आफू कार्यकारी मेयर हुँदा नगरपालिकाको बोर्ड बैठक डाकेका थिए । मेयर माधवलाल क्षेष्ठ वीरगन्ज बाहिर भएकाले उपमेयर अजय द्धिवेदीलाई निमिक्त मेयरको जिम्मेवारी दिएका थिए । त्यसबेला वीरगन्जको चुँगी करको ठेक्का जगरनाथ सोनारले पाएका थिए ।

    नगरपालिकाको पुराना कर्मचारीका अनुसार निमिक्त मेयर द्धिवेदीले विवाहकै दिन बोलाएको बोर्ड बैठकमा पहेलो धोती (मरदानी) लगाएर नगरपालिका आएका थिए । उक्त बैठकले चुँगी करका ठेकेदार जगरनाथ सोनारले कबुल गरेको ठेक्का रकम मध्येबाट २५ लाख रुपैयाँ मिनाहा गरेको थियो । वृक्षारोपण र चुँगी करमा भएको भ्रष्टचारको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उपमेयर द्धिवेदीले त्यसबेला लामो समय अख्तियारमा तारिख धाउनु परेको थियो । अख्तियारका त्यसबेलाका आयुक्त सूर्यनाथ उपाध्याय पर्सावासी नै थिए । त्यसमाथि केन्द्रमा कांग्रेसको सरकार भएकाले उपमेयर द्धिवेदीको वृक्षारोपण र चुँगी करको भ्रष्टचार मुद्दा रफादफा गरिएको थियो । द्धिवेदीका समकक्षी र नगरपालिका पुराना कर्मचारी अहिले उनको चुनावी नारा सुनेर छक्क परेका छन् । भर्खर कलेजको पढाई सकेर पारिवारिक विरासतको आडमा कांग्रेसको टिकट पाएर वीरगन्जको उपमेयर भएका द्धिवेदीले युवाकालमै आर्थिक उपार्जनका लागि गरेका वृक्षारोपण र चुँगी कर मिनाहा प्रकरणमा उनी कति इमानदार र विकासप्रेमी छन् भन्ने छर्लङ हुन्छ । २०७४ मा विजय सरावगी मेयरमा जितेको एक वर्षपछि करको दरहरु अत्यधिक वृद्धि भएको भन्दै द्धिवेदीले आफ्नै नेतृत्वमा विरोध जुलुस निकालेका थिए । तर, १/२ दिनकै विरोध पछि द्धिवेदी मौन भए । यसैगरि आदर्शनगरको हजारीमल धर्मशाला सार्वजनिकीकरणका लागि पनि द्धिवेदी कांग्रेसजनलाई लिएर सडकमा ओर्लिएका थिए । केही दिनमै रक्सौल निवासी सरवागीको नातेदार महेश अग्रवालको घरमा भएको भेटघाट पछि हजारीमल प्रकरणमा पनि द्धिवेदी एकाएक मौन भएको वीरगन्जवासीले बिर्सिएका छैनन् ।

    नारामै विरोधाभास : २७ वर्षको उमेरमा वीरगन्ज नगरपालिकाको उपमेयर भएको, २०६४ सालमा संविधान सभा सदस्य भएको, २०७० को दोस्रो संविधान सभामा एमालेको विचारी यादवसँग पराजित भएको, २०७४ को स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरमा जसपाको विजय कुमार सरावगीसँग हारेका द्धिवेदी कसरी विभेदमा परे ? हेरक निर्वाचनमा कांग्रेसको टिकट पाउँदै आएका द्धिवेदी पछिल्ला २ चुनाव हारेपाछि पार्टीले कसरी अन्याय गर्‍यो ?कांग्रेसका एक नेता भन्छन्, ‘अहिले प्रतिगमन विरुद्धको लडाईमा पार्टीले गठबन्धन गर्दा कांग्रेसले पराजय भोगेको क्षेत्रमा गठबन्धनमै रहेको अन्य दलले टिकट पाएका छन्, पार्टीको निर्णय स्वीकार नगरि द्धिवेदीले कांग्रेस कार्यकर्तालाई गुमराह पारि कांग्रेसलाई धोका दिने काम गरेका छन् ।’पछिल्ला २ वटा चुनाव लगातार हारेका द्धिवेदी लगातार १५ वर्ष कांग्रेस पर्साको सभापति पदमा आसिन थिए । हालै सम्पन्न भएको कांग्रेसको १४ औँ महाधिवेशनमा द्धिवेदी केन्द्रीस सदस्यमा उठेका थिए । तर, त्यहाँ पनि पराजित भए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑