सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । पञ्चपुरी–४ निवासी ३० वर्षीया दर्शना पाण्डे न्यौपानेको मृत्यु भएको हो ।
सोमबार जंगलमा दाउरा काट्दै गर्दा अरिंगालले टोकेको थियोे । अरिंगालको टोकाइबाट बेहोस भएकी उनलाई स्वास्थ्यचौकी सालकोटमा प्रारम्भिक उपचारपछि वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा पठाइएको थियो ।
त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।