वीरगंज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले घण्टी बजाउँदा आत्तिएको टिप्पणी गरेका छन्। चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘ढ्याङ्ग्रो पनि बजाएको छैन। एउटा घण्टी बजाउन पनि नदिने। अनि ढुंगा हान्न जाने। दमा, नसिंङ्गा बजाएको पनि होइन।’
चुनाव लड्न आउनेलाई दिनुपर्ने बताए। स्थानीय तहको निर्वाचनमा गठबन्धनले पाँच जना मान्छे मारेको आरोप लगाए। छिमेकीको घरमा लास सुताएर अबिर जात्रा मनाएको टिप्पणी गरे।
राणा शासन र राजतन्त्र जनताले फालेको उल्लेख गर्दै गठबन्धनलाई आगामी निर्वाचनबाट फाल्ने बताए। गठबन्धन देशका लागि अभिसाप भएको उनको भनाइ छ। उनले भने, ‘हामीले थालेको विकास निर्माणको कामलाई काटेका छन्। अहिले पैसा छैन रे। बैंकमा पैसा छैन। ब्याजदर बढेको छ ।