वीरगंज । पर्सा निर्वाचन क्षेत्र–१ को (ख) बाट मधेस प्रदेश सभा सद्स्यका नेपाल सुशासन पार्टी तर्फका उम्मेदवार मनौवर हुसैनले चुनावी प्रचार अभियान अन्तर्गत वीरगंज महानगरपालका मा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार हुसैनले भने वीरगन्जको बिकासको लागि आमा छापमा मत दान गर्न अतिआवस्यक रहेको बताए ।
यहाँ सर्वसाधारण गरिब, निमुखा परिवारको स्वास्थ्यसँग पनि खेलवाड गरिएको छ, गरिबहरुले सेवा पाउने नारायणी अस्पतालमा राजनीतिकरण भएको छ, यसको सुधार हुनुपर्छ,।
आफू विजयी भए प्राइभेट अस्पतालबाट सरकारी अस्पतालमा सेवा लिन आउनेहरुको संख्या बढ्ने गरि सुधार गर्ने दाबी गरे ।
उनले शिक्षाको अवस्था पनि दयनीय छ, गरिब परिववारका छोराछोरीहरु पैसा अभावमा अध्ययन गर्न पाएका छैनन्, त्यस्ताको अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी विद्यालयको स्तरोन्नति गरि प्राइभेट स्कुल छाडेर सरकारीमा बालबालिकाहरु भर्ना गर्न लाइन लाग्नुपर्ने अवस्था ल्याउने दाबी गरे ।
यस क्षेत्रमा दाह सँस्कार गर्नका लागि पनि व्यवस्थित ठाउँ छैन, त्यो सबैभन्दा पहलो योजना रहेको बताए । एक वर्ष भित्र यस क्षेत्रका महिलाहरुलाई साक्षर बनाउने आफूसँग ठोस् योजना रहेको भन्दै युवाहरुको लागि प्राविधिक शिक्षा तथा सिपमुलक तालिमको निःशुल्क व्यवस्था गर्ने बताए ।
यस क्षेत्रबाट विजयी भए सम्पूर्ण विद्यालयमा प्राविधिक शिक्षा लागु गर्ने दाबी गरे । आफ्नो क्षेत्रमा पर्ने ९ वटा वडाका युवाहरुलाई प्रत्येक वर्ष १ हजारको दरले ५ वर्षमा ५ हजार बेरोजगार युवाहरुलाई निःशुल्क सिपमुलक तालिम दिइनेछ भन्दै लागुऔषध दुव्र्यसनीमा फसेका युवाहरुलाई उपचार गर्नुका साथै सुधार गरि सिप सिकाई आत्मनिर्भर गराउने जस्ता सोच र भिजनको साथ अगाडि बढेको हुसैनको दाबी छ ।
दिन प्रतिदिन बढ्दै गएको प्राविधिक युगलाई मध्यनजर गर्दै डिजिटल प्लेटफर्मको निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताए । उनले डिजिटर टेक्नलोजीको माध्यमबाट युवाहरुलाई जोड्ने आफ्नो योजना रहेको भन्दै स्वदेशमा उत्पादन गरिएको सामान विदेशमा कसरी पुरयाउन सकिन्छ, आफ्नो व्यापार बसी बसी देश विदेशसम्म कसरी पुरयाउनका लागि पनि आफूले कार्य गरि रहेको बताए ।
अन्य उम्मेदवारसँग पैसा छ, तर आफूसँग एजेण्डा, योजना, संघर्ष छ, अब तपाईहरुले मूल्याँकन गर्नुस् र आफूलाई एक पटकको लागि आफ्नो अमूल्य मत दिनुस् भन्दै आग्रह गरेको थिए ।