वीरगंज | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ ।
चितवनको मुग्लिनमा घरदैलोका क्रममा गाडी तोडफोड भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीले जानकारी दिएका छन् ।
प्रहरीकै अगाडि गाडी प्रचारमा हिडेको गाडि तोडफोड भएको भन्दै उम्मेदवार रवी लामिछानेले विरोध गरेका छन् । आफु निर्वाचन क्षेत्रमा सुरक्षित नरहेको तर डर पनि नभएको उनले बताए ।
‘सुरक्षाकर्मीकै अगाडि गाडीको सिसा फुटाइएको छ । हाम्रो ठाउँमा सामान्य अरु मान्छे भएको भए के हुन्थ्यो ? म यहाँ सुरक्षित छैन तर मलाई डर पनि छैन’, लामिछानेले भने ।