वीरगंज । पर्सा निर्वाचन क्षेत्र–१ को (ख) बाट मधेस प्रदेश सभा सद्स्यका नेपाल सुशासन पार्टी तर्फका उम्मेदवार मनौवर हुसैनले सौन्दर्यीकरणको नाममा धर्म, सँस्कृत्तिमाथि प्रहार भएको आरोप लगाएका छन् । चुनावी प्रचार अभियान अन्तर्गत वीरगंज महानगरपालका वडा नं. ४ र ५ मा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार हुसैनले वीरगंजको नगवा पोखरी , मुर्लि पोखरी अलौं पोखरी मात्रै हाइन, मधेश प्रदेशकै पोखरीहरुलाई सौन्दर्यीकरणको नाममा हाम्रो धर्ममाथि प्रहार भएको आरोप लगाएका छ्न ।
पोखरीको मौलिकता हुन्छ, त्यो अहिले हराएको छ, ठूलाठूला पोखरी साँघुरिएको छ, अलपत्र अवस्थामा छ, यसप्रति पनि हाम्रो ध्यान जान आवश्यक रहेको भन्दै त्यस्ता अलपत्र पोखरीहरु अहिले लागु औषध दुव्र्यसनीको केन्द्रविन्दु बनेको छ, यस्तो अवस्था सृजना गर्नेहरुसँग बचेर आफ्नो अमूल्य मतदान गर्न आग्रह गरेका छ्न ।
पर्साको क्षेत्र नंं. १ (ख) मा ३ जना उम्मेदवार छन्, जसमा एकजना आफू रहेको भन्दै बाँकी दुईजना उम्मेदवार छन्, उनीहरुको चरित्र, लगानी हेर्नु अनि मूल्याँकन गर्नु, यदि म योग्य छु भने मलाई चुन्नुस्, एक पटक सेवाको मौका दिनुस्, शिर ठाडो हुने गरि काम गरेर देखाउने प्रतिबद्धता जनाए ।
‘अब मलाई यहाँका नागरिकहरुले मूल्याँकन गर्नु पर्ने बेला आएको छ, विश्वास दिलाउन चाहन्छ, कि कहिलेपनि शिर झुक्ने काम गर्दैन’ । जुन किसिमको मुख्यमन्त्रीको अवस्था जस्तो अवस्था आउनेदिने छैन।
देशमा परिवर्तनको लहर जागेको छ, एक पटक आफूलाई मौका दिनुपर्ने भन्दै परिवर्तनको नमुना यही क्षेत्रबाट शुरुवात गर्ने भन्दै हुसैनले यस क्षेत्रको विकासको लागि आफूसँग ठोस योजना रहेको दाबी गरे । हामीलाई सधैं भोट बैंकको रुपमा प्रयोग गरिएको छ, मात्रै निर्वाचनको बखत आउने, भोट माग्ने, त्यसपछि ५ वर्ष मुख पनि नदेखाउने नेताहरुसँग समेत हुनुपर्ने बेला आएको बताए । वीरगंजको लागि मात्रै नभई पुरै मधेशको लागि आफूसँग एक एक योजना रहेको दाबी गर्दै उम्मेदवार हुसैनले शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीमा कसरी सुधार ल्याउन सकिन्छ भन्नेबारे आफूसँग ठोस् योजना रहेको बताए ।