वीरगन्ज । वीरगन्ज -१८ टोल इनर्वा मा रात्री कोण सभा सम्पन्न भएको छ। पर्सा क्षेत्र १ (ख) मा पाच दलिय लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरु प्रतिनिधिसभा का उम्मेदवार लोसपा का लक्ष्मणलाल कर्णको कोण सभा कार्यक्रम को आयोजना आज बिरगंज १८ भवानिपुर इनर्वा मा सम्पन्न भएको छ।
वीरगन्ज १८नम्बर वडा को विभिन्न टोल टोलको घर घरमा पुगेर मतदाताहरु संग भेटघाट गर्दै जित को आशिर्वाद लिएका छन ।
सो कार्यक्रममा पाच दलका नेता , महिला ,युवा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।
कार्यक्रम कै क्रममा कर्णले मधेसका जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने तत्वहरुको नक्कलि चेहरा जनताको सामु उजागर भैसकेकोले त्यस्ता भ्रष्टाचारी बहुरुपिया गठबन्धनलाई यसपटक जनताले परास्त गर्ने जिकिर गर्नुभयो । गठबंधनको आन्धी र बर्सात ले छाता र माछा को पता साफ हुन्छ भने पनि जिकिर गर्णुभएको थियो ।
उहाँहरुले अहिलेको नेपाली काङ्ग्रेसको नेतृत्वको ५ दलिय बाम लोकतान्त्रिक गठबन्धन देश जनता लोकतन्त्र संविधान लाई बचाउदै बिकास समृद्धि तिर देश लाई लगिरहेकोले तपाईं सम्पूर्णले हातेमालो गरि ५ दलिय गठबन्धनका उम्मेदवारहरु लाइ अत्यधिक मत दियेर बिजयी बनाउन आजको आवस्यकता रहेको भन्दै आआफ्नो अमुल्य मत दिन आग्रह समेत गरेका छन ।
कर्ण लाई वडा का अग्रज , महिला ,युवा मतदाताहरुले जित को अग्रिम बधाई तथा शुभकामना दियेका थिए साथै तपाईं इमानदार पढेलेखेका सुयोग्य बिद्धवान बिकासप्रेमी उम्मेदवार भएको भन्दै थप हौसला प्रदान गरेका थिए ।