वीरगंज । चुनाव बहिस्कार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर १ बजार छपकैया निवासी लालबाबु साह कानुलाई वडा प्रहरी कार्यालय विर्ताले नियन्त्रणमा लिएको हो । वीरगंज को घडिअर्वा पोखरीको ३ नम्बर गेटनिर चुनाव बहिष्कारको ब्यानर लगाएर बसेका कानुलाई प्रहरीले पक्राउ गरेको हो ।
हिन्दु राष्ट्र कायम गर्नुका साथै राष्ट्रिय जनावर गाईको व्यवस्थापन गरी गाई काट्नेलाई जन्म कैद र गाईको मासु खानेलाई पनि जन्मकैदको व्यवस्था गर्नुपर्ने माग गर्दै उनले विरोध जनाइरहेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका शीर्ष नेताहरुको टाउकोमा जनावरको टाउको जोडेर ब्यानर बनाई निर्वाचनविरोधी गतिविधि गरेको सूचनाको आधारमा नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीषक बिशाल मल्लले जानकारी दिए । निर्वाचनविरोधी गतिविधि नगर्ने शर्तमा छोड्न सकिने मल्लको भनाई छ ।