• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना, डेंगु र पेन्डोराको पुनर्जन्म

  • वीरगंज संजाल
  • २५ कार्तिक २०७९, शुक्रबार १३:०८
  • १७८५

    वीरगंज । दसैं, तिहार एवम् छठ पर्वको रौनक समाप्त भएको छ । सबै आ–आफ्ना काम र व्यवसायमा फर्किसकेका छन् । काठमाडौंका सडकमा वाहन र मानिसहरूको संख्यामा निरन्तर वृद्धि भइरहेको छ । सार्वजनिक यातायातका वाहनमा यात्रीको घुइँचो देखा पर्न थालिसकेको छ । जन–जीवनले सामान्य रूप लिएको बुझिन्छ । विगत केही सातादेखि कोभिड–१९को विन्दुरेखाबाट संक्रमण र मृत्युदर घटिरहेको सुखद संकेत पाइँदैछ । यद्यपि बेला–बेलामा यस विन्दुरेखाले उकालो चढेको वा मृतकहरूको सम्बन्धमा समाचार सुन्नु परे पनि यस पालीको लहर पहिलेको लहरसरह गम्भीर देखिएको छैन । यसको प्रमुख कारण सुरक्षा कवचको रूपमा मानिसहरूले लगाएका खोप र बुस्टर डोज हुन सक्तछ । तर विश्व स्वास्थ्य संगठनले जारी गरेको एउटा सूचनाअनुसार आउँदो जाडोको मौसममा रुघा–खोकीका साथ कोरोनाको संक्रमण बढ्ने पूरा सम्भावना छ । अब जाडोको मौसम सुरु भइसकेको हुँदा मौसममा परिवर्तन हुन थालेको छ तर देश अहिले पनि पूर्ण रूपमा कोरोनामुक्त नभइसकेको हुँदा नाक–मुखलाई ढाक्नको निम्ति मास्क लगाउनु, हातलाई सेनेटाइजर दल्दै किटाणुको संक्रमण हुनबाट जोगाउनु र आपूmलाई चिसोबाट जोगाउनु हितकर हुनेछ ।

    यसको अतिरिक्त अहिले सबैका लागि चिन्ताको ठूलो कुरो भएको छ डेँगु, जसको उच्चारण डेँगीको रूपमा पनि गर्ने गरिन्छ । एउटा विशेष खालको लामखुट्टेको टोकाईबाट यो रोग फैलिने गर्दछ । यसले देशभरि भय र त्रासको वातावरण उत्पन्न गरिरहेछ । किनभने यसको उपचार छैन अरे । डाक्टरहरूका भनाइअनुसार ज्वरो घटाउने औषधि, तरल पदार्थको बढी सेवन र विश्राम नै यसको उपचार हो । बाहिर ननिस्की नहुनेले लामखुट्टेको टोकाईबाट आपूmलाई जोगाउन विशेष खालको मलम लगाउनु र राति सत्दा झुलभित्र सुत्नु नै यसबाट जोगिने उपाय हो पनि भनिन्छ । वैज्ञानिकहरूले मानव कल्याणका लागि जब हैजा, औलो ज्वरो, टीबी, प्लेग, टिटानस, डिप्थेरिया, पोलियो, प्यारालाइसिस, विफर, कोभिड–१९ जस्ता भयावह संक्रामक र प्राणघातक रोगहरूको खोप वा खाने औषधिको आविष्कार गरे । तर डेंगुको हालसम्म खोप बनेको छैन । खुशीको कुरा अमेरिकी शोधकर्ताहरूले डेंगु रोगको निराकरणका लागि पनि खोप निकाल्ने अभियानमा सफलता पाएको खबर आएको छ । तर यस क्षेत्रमा यो कहिलेसम्म आइपुग्ने हो यो एउटा यक्ष प्रश्न भएको छ । किशोरावस्थाको स्कूले जीवनमा हामीले एउटा कथा पढेका थियौं । शीर्षक थियो– पेन्डोरा बक्स । विश्वभरिका मानिसहरू जसरी विभिन्न किसिमका भाइरस र विषाणुहरूको संक्रमणबाट ग्रस्त भई वृहत् स्तरमा ज्यान गुमाइरहेका छन् र नयाँ–नयाँ प्राणघातक रोगहरूका सिकार हुन थालेका छन्, त्यसले गर्दा आज त्यस पेन्डोराको सम्झना हुन थालेको छ । पेन्डोरा बक्स जसले खोलेको थियो, उसको बाकस भित्रबाट विभिन्न थरिका रोगका विषयुक्त किटाणुहरू निस्केका थिए अरे ।

    अहिले पनि देशमा डेंगुको संक्रमण दर बढिरहेकै छ, मानिसहरूमा कोभिड–१९को त्रास सकिएको छैन, चीनलगायत अनेक देशहरूमा जसरी यसको लहर कायमै छ । त्यसलाई हेर्दा कतै यो पेन्डोराले खोलेको बाकसको दुष्प्रभाव त होइन भन्ने भाव उत्पन्न हुन्छ । आम भाषामा कोभिड–१९ भनिए पनि विभिन्न देशहरूमा यसले बेग्ला–बेग्लै नाउँ पाइराखेको छ, जस्तै ब्रिटेनको यस प्रजातिले अल्फा, दक्षिण अफ्रिकाको प्रजातिले बिटा, ब्राजिलमा गामा र भारतको लाई डेल्टा नाउँ दिइएको छ भने नेपालमा देखिएको प्रजातिलाई डेल्टा र कप्पाको नाउँ दिइयो । कुनै देशमा यो इबोला पनि भनिन्छ । यसरी यसले ठाउँ र जलवायुअनुसार आफ्नो नाउँ पनि नयाँ–नयाँ पाएको छ । कोरोनाका विभिन्न जात र भेरियन्टसले नपुगेर, मङ्कीपक्स, सार्स–२, बर्ड फ्लु, स्वाइन फ्लुजस्ता विभिन्न किसिमका विषाणु र भाइरसहरूको जन्म र प्रसारले समेत मानव जातिसामु नयाँ–नयाँ चुनौती उत्पन्न गरिरहेका छन् । मानव जातिलाई भयाक्रान्त पारिरहेका छन् । यी सबैलाई हेर्दा कतै पेन्डोराले पुनर्जन्म लिएर मानव जातिको अस्तित्वमाथि नै संकट त उत्पन्न गरिरहेको होइन भन्ने विचार पनि उत्पन्न हुने गर्दछ । तर सतर्कता अपनाउँदै, स्वच्छताको नियमहरूको पालन गर्दै र अस्वस्थता अनुभव हुनासाथ समयमा औषधि उपचार गराउँदै हामीले यस चुनौतीको सामना गर्न र आफूलाई सुरक्षित राख्न सक्तछौं ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑