वीरगंज । इंग्ल्याण्ड अस्ट्रेलियामा जारी टी-२० विश्वकपकाे फाइन प्रवेश गरेको छ । ऊ आज सम्पन्न दोस्रो सेमिफाइनलमा भारलाई १०विकेटले हराउँदै फाइनल पुगेकाे हाे । याेसँगै उसले तेस्रोपटक टी-२० विश्वकपकाे फाइनल खेल्ने निश्चित भएकाे छ । २०१० काे विजेता इंग्ल्याण्ड २०१६ मा उप विजेता बनेकाे थियाे । १६९ रनकाे लक्ष्य इंग्ल्याण्डले ओभरमा १५.३ ओभरमा कुनै पनि विकेट नगुमाई भेट्टायाे ।
उसका लागि अविजित रहेका एलेक्स हेल्सले ४७ बलमा सात छक्का र चार चाैकासहित ८७ र कप्तान जाेश बटलर ४९ बलमा नाैं चाैका र तीन छक्काकाे मद्दतले ८० रन बनाए । त्यसअघि एडिलेड ओभलमा टस हारेर ब्याटिङको निम्ताे पाएकाे भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएकाे थियाे । । उसका लागि हार्दिक पाण्ड्यले ३३ बलमा पाँच छक्का र चार चाैकासहित सर्वाधिक ६३ रन बनाए । यस्तै, विराट कोहलीले ४० बलमा चार चाैका र एक छक्कासहित ५० रनको अर्धशतकीय पारी खेले । कप्तान रोहित शर्माले २७ र सूर्यकुमार यादवले १४ रन जाेडे ।
इंग्ल्याण्डका क्रिस जोर्डनले तीन तथा क्रिस वोक्स र आदिल राशिदले एक/एक विकेट लिँदा एक विकेट रन आउटका रूपमा प्राप्त भयाे । इंग्ल्याण्डले उपाधिका लागि पाकिस्तानकाे सामना गर्नेछ । पाकिस्तानले न्युजिल्याण्डलाई हराउँदै फाइनलमा स्थान बनाएकाे हाे ।