• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रेडक्रसद्वारा क्यान्सर पीडितलाई सहयोग

  • वीरगंज संजाल
  • २४ कार्तिक २०७९, बिहीबार १३:२८
  • २५३७

    वीरगंज । क्यान्सरसँग जुधिरहेका ३४ वर्षीय आशिष आचार्यलाई नेपाल रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवाले ‘सिङ्गल डोनर प्लेटलेट’ रक्ततत्व निः शुल्क उपलब्ध गराएको छ । विसं २०७३ देखि क्यान्सरसँग जुधिरहेका उनलाई २५ हजार शुल्क लाग्ने सो रक्ततत्व सहयोग गरेको हो । नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा पुगी बिरामीका आमा गङ्गा र बुवा केशवलाई रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल र रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले सो रक्ततत्व आज हस्तान्तरण गरेका हुन् । बिरामीको अवस्थाबारे जानकारी गराइ अस्पतालका निर्देशक स्वरुपा श्रेष्ठले सो रगत निःशुल्क उपलबध गराउन रेडक्रससँग सहजीकरण गरेका थिए । ‘पहिला राजीव गान्धी अस्तपताल भारतमा छोरालाई लगेँ, बोनम्यारो फेरियो, त्यसको एक वर्षपछि बारम्बार समस्या आइरह्यो, यहाँ अस्पतालमा आइसकेपछि पनि उपचारका लागि प्लेटलेट धेरै चाहिरहेको र पाउन मुस्किल भइरहेका बेला आज यो नयाँ खालको प्लेटलेट अस्पतालमा ल्याइदिनुभएकामा वरदान नै पाएजस्तो भएको छ’, केशवले भने ।

    डेङ्गुको प्रभाव बढेको समयमा केन्द्रीय रक्तसञ्चार सेवाले एफेरेसिस प्रविधिबाट सिङ्गल डोनर प्लेटलेट उत्पादनलाई गति दिएको रक्तसञ्चार निर्देशक पौडेलले जानकारी दिए । नेपालका थोरै स्थानमा मात्रै यो सेवा रहेको छ र यो प्रविधि महँगो छ । डेङ्गु र क्यान्सरपीडितका लागि बढी चाहिनसक्ने भएकाले शुल्कमा सहुलियत गर्न सङ्घीय सरकार, स्थानीय निकायको सहयोगको अपेक्षा रहेको निर्देशक पौडेलले बताए । के हो सिङ्गल डोनर प्लेटलेट ? रक्तदानका क्रममा दाताको शरीरबाट रक्तथैलीमा जम्मा भएको रगतमध्ये प्लेटलेट तत्व मात्र थैलीमा राखी बाँकी सबै रगत दाताको शरीरमा अत्याधुनिक एफरेसिस प्रविधिको मेशिनले फिर्ता पठाइदिन्छ । जुन तत्व चाहिएको हो त्यही तत्वमात्र दाताको शरीरबाट निकालिने र बिरामीलाई पनि चाहिएको तत्वमात्रै दिइने भएकाले यो प्रभावकारी हुने चिकित्सकले जनाएका छन्।

    प्लेटलेट तत्व मात्रै पोकामा हुने भएकाले डाक्टरको अनिवार्य सिफारिसमा इमरजेन्सी अवस्थामा जुनसुकै रक्तसमूहका बिरामीलाई पनि यो दिन सकिने हुन्छ । अर्को दान गर्न दाताले तीन महिना कुर्नु नपर्ने यो एफरेसिस प्रविधिको अर्को फाइदा हो । यो प्रविधिबाट हरेक एक÷एक महिनामा रक्तदान गर्न सकिन्छ । यो रक्तदानमा ८० देखि १०० मिनेट लाग्दछ । दातालाइ क्याल्सियम कम नहोस् भनेर दानका क्रममा चक्की र अतिरिक्त पोषिलो खानेकुरा दिइन्छ । धेरै रगत चढाउनुपर्ने गम्भीर बिरामीका लागि साइटइफेक्ट नहुने र आठ युनिट बराबरको काम एकै पोकाले गर्ने भएकाले सिङ्गल डोनर प्लेटलेट अत्यन्तै लाभदायक हुने चिकित्सक डा प्रकाश यादव बताउँछन् । सिङ्गल डोनर प्लेटलेटको समय तीनदेखि पाँच दिनमात्रै हुने भएकाले बिरामीका लागि माग आएपछिमात्रै उपयुक्त डोनर खोजी गरी केन्द्रीय रक्तसञ्चार सेवामा यो प्रविधि सञ्चालन भइरहेको छ । रक्तसञ्चार सेवाका चिकित्सकबाट बिरामी र दाताले यसबारे थप जानकारी लिनसक्ने व्यवस्था मिलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑