वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको सुर्मा गाउँपालिकाका तत्कालीन नायव सुब्बा शिवराज उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
उनले अवैध रूपमा कमाएको एक करोड १० लाख ६७ हजार ७३८ रुपैयाँको स्रोत खुलाउन नसकेपछि आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आफूले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।
सार्वजनिक पद धारण गरेका उपाध्यायलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकाले सो रकम कायम गरी भ्रष्टाचार निवारण ऐनको उपदफा (२) बमोजिम बिगो बमोजिम जरिबाना र कैद सजायको मागदाबी गरिएको छ ।