वीरगंज । वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा बिबिएको अन्तरवार्ता पुनः लिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ठाकुरराम क्याम्पस कमिटीले माग गरेको छ ।
क्याम्पस कमिटीका अध्यक्ष आशिफ अहमद र उपाध्यक्ष अरमाण हासमीद्वारा सयुँक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमार्फत अन्तरर्वातामा विभेद भएको भन्दै आपत्ती जनाएको अनेरास्ववियु क्याम्पस कमिटीले फेरी अन्तरर्वाता लिन माग गरेको हो ।
यही कार्तिक ६ गते क्याम्पसको बिबिए भवनमा भएको अन्तरवार्तामा सबै प्रश्नको उत्तर दिँदा पनि ५ भन्दा बढी अंक नदिएको भन्दै विज्ञप्तीमार्फत आपत्ति जनाइएको छ । साथै राजनीतिक पार्टीको पावरमा आएका विद्यार्थीहरुलाई १० मा १० अंक दिएर बिबिएमा नाम निकालेको आरोप पनि लगाइएको छ । अन्तरवार्ता फेरी लिन माग गर्दै क्याम्पसमा तालाबन्दीसमेत लगाइएको छ ।