• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुदूरपश्चिम विश्वविद्यालयले आगामी मङ्सिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना

  • वीरगंज संजाल
  • २२ कार्तिक २०७९, मंगलवार १४:२२
  • १४६५

    वीरगंज । सुदूरपश्चिम विश्वविद्यालयले आगामी मङ्सिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँगको समन्वयमा मङ्सिर २६, २७ र २८ गते सम्मेलन आयोजना गर्न लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा अम्मराज जोशीले जानकारी दिए । विश्वविद्यालय स्थापनाको १२ वर्षपछि सुदूरपश्चिम विश्वविद्यालयले पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको हो । सुदूरपश्चिममा सम्पदा, नवप्रवर्तन र रूपान्तरणको अध्ययनका विषयमा केन्द्रित हुने सम्मेलनमा विभिन्न नौ देश विद्वानहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्। “सुदूरपश्चिम क्षेत्र भौगोलिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, प्राकृतिक तथा वातावरणीय रूपमा धनी छ”, जोशी भने, “यस क्षेत्रका सम्भाव्यताबारेमा अध्ययन अनुसन्धान गरी प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलनको गरिन लागेको हो ।”

    विश्वविद्यालय ज्ञान उत्पादनको क्षेत्र भएकाले त्यसलाई बिस्तार गर्ने थलोका रूपमा विकास हुने उनको भनाइ छ । “सम्मेलनमा पश्चिमसेती परियोजना र गेटा मेडिकलका विषयमा समेत बहस हुन्छ”, उनले भने, “अक्सफोर्ड विश्वविद्यालयलगायत अन्य देशका ख्यातिप्राप्त विश्वविद्यालयका प्रोफेसरहरुलाई आमन्त्रण गरिएको छ ।” ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल बेलायतका प्रतिनिधि एवम् सम्मेलन आयोजक समितिका उपसभापति डा कृष्ण अधिकारीले यो बहुविधाको सम्मेलनका रूपमा रहने बताए । “सम्मेलनमा भर्चुअल तथा प्रत्यक्ष रूपमा पनि सहभागी हुनसक्ने व्यवस्था मिलाएका छौँ”, उनले भने ।

    आयोजक समितिका सदस्य सचिव एवम् सुदूरपश्चिम विश्व्विद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्टले सम्मेलनले विभिन्न विधाको विकासमा सहयोग पु¥याउने र सुदूरपश्चिमका सम्भावनाहरुको उत्खनन गर्ने विश्वास व्यक्त गरे । विश्वविद्यालयले भाषा, साहित्य अनुसन्धान केन्द्र स्थापना गरी नौ वटै जिल्ला लोक कथा सङ्कलनसमेत गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑