वीरगंज । अष्ट्रेलियामा भइरहेको आईसीसी टी–२० विश्वकपमा बंगलादेशलाई ७१ रनले पराजित गरी भारत , समूहको विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको समूहको अन्तिम खेलले यो समूहको विजेता टुंगो लागेको हो । पाकिस्तान समूह उपविजेता बनेको छ । आइतबार बिहान भएको खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएपछि नै सेमिफाइनलमा स्थान पक्का गरेको भारतले समूह २ मा ५ खेलबाट ८ अंक जोड्यो ।
दक्षिण अफ्रिका हारेपछि अर्को खेलमा बंगलादेशलाई पराजित गर्दै ६ अंक जोडेको पाकिस्तान उपविजेताको रुपमा सेमिफाइनल प्रवेश ग¥यो । ५ अंक जोडेको दक्षिण अफ्रिका भने सुपर–१२ बाटै बाहिरिएको छ । सुपर १२ चरणका खेलको समाप्तीसँगै विश्वकप सेमिफाइनल समीकरण पनि पूरा भएको छ । समूह एकबाट न्युजिल्याण्ड र इंग्ल्याण्ड क्रमसः वजिेता र उपविजेताका रुपमा यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।
सेमिफाइनलमा न्युजिल्याण्डले पाकिस्तानसँग र भारतले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । न्युजिल्याण्ड र पाकिस्तानबीचको पहिलो सेमिफाइनल नोभेम्बर ९ मा सिड्नीमा हुनेछ भने दोस्रो सेमिफाइनल नोभेम्बर १० मा एडिलेडमा हुनेछ । दुवै सेमिफाइनलका लागि रिजर्भ डे राखिएको छ । फाइनल खेल नोभेम्बर १३ मा मेलवर्नमा हुनेछ ।