बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
बारा क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा आइतबार तालाबन्दी गरेको आरोपमा प्रहरीले वडा अध्यक्ष गुप्तालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलिले गुप्तालाई निर्वाचन कार्यालयमा तालाबन्दी गरेकै बेला पक्राउ गरेको हो ।
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा गुप्तालाई पक्राउ गरिएको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले बताए ।