वीरगंज । धनुषाको लक्ष्मीनियानजिक टाटा सुमो अनियन्त्रित भएर दुर्घटना हुँदा १ दिने शिशुको मृत्यु भएको छ । जनकपुरको एक अस्पतालमा सुत्केरी भएपछि घरतर्फ फर्किने क्रममा आइतबार दिउँसो सुमो अनियन्त्रित भई दुर्घटना भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार टाटा सुमो अनियन्त्रित भई लक्ष्मीनियास्थित सेन्ट्रल अस्पतालभन्दा करिब २ सय मिटर उत्तरतर्फको सडकमै बजारिएको थियो । टाटा सुमोमा सवार ७ जना समान्य घाइते भएका छन् ।
उनीहरूको सेन्ट्रल अस्पतालमा उपचार भइरहेको छ । जनकपुरबाट ढल्केबरतर्फ गइरहेको टाटा सुमो कसरी अनियन्त्रित भएको भन्नेबारे अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।