वीरगंज । पर्सा जिल्लाको बीरगञ्जमा अवस्थित कृषि औजार कारखनामा सानो दीप र सशस्त्र प्रहरीकाे सहकार्यमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । लामो समय देखि बन्द रहेको कृषि कारखाना सरकारके संचालन गर्नको लागि निर्णय गरी राष्ट्रिय आविष्कार केन्द्र सम्झौता गरी उक्त कार्यको लागि टोली आउने लगत्तै वीरगञ्जका विभिन्न संघ संस्था सरसफाई गरी रहेका छन् ।
सानो दीपका अध्यक्ष कृष कुर्मीकाे अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि ने.बि संघ पर्साका अध्यक्ष ईन्जिनियर रमेश यादव भने विशिष्ट अतिथिमा जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका अध्यक्ष अर्जुन शाह लगायतले रहेका थिए।
कार्यक्रममा कोष्ध्यकक्ष बिबेक पटेल, सदस्य आलोक,विशाल कुमार, पुष्प,पुनम मिश्र, प्रियंश, दिव्यन्शु ,उज्ज्वल लगायतका उपस्थिति रहेको थिए ।