वीरगंज । रूसको पश्चिमी सहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
सो दुर्घटनमा अन्य ४ जना घाइते भएका क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले बताएका रूसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ । स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले जनाएअनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ ।
उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो। आगो ३५०० वर्ग मिटर क्षेत्रमा फैलिएको थियो। घटनाबारे अनुसन्धान जारी रहेको र विस्तृत विवरण आउँन बाँकी रहेको समाचारमा जनाइएको छ ।