• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मुस्ताङ-डोल्पा सडक : डेढ बर्षे ठेक्का, ६ महिनामा निर्माण पूरा

  • वीरगंज संजाल
  • १९ कार्तिक २०७९, शनिबार १४:५७
  • १८१७

    वीरगंज । हिमालपारीको जिल्ला मुस्ताङ र त्यस्तै भौगोलिक अबस्था रहेको डोल्पालाई जोड्नका लागि निर्माण भैरहेको सडकको काम ६ महिनामा नै सकिएको छ । मुस्ताङ्ग र डोल्पा जोड्ने सडक निर्माण कार्यले तीव्रता दिने क्रममा डेढ बर्षका लागि ठेक्का सम्झौता भएको सडक ६ महिनामा नै सकिएको हो । सडक डिभिजन कार्यालय बागलुङले दिएको जानकारी अनुसार २०७८ चैत १७ गते डेढ बर्षका लागि ठेक्का सम्झौता गरिएको सडकको काम गएको असोज महिनामा नै पूरा भएको छ । २०८० असोज सम्म सम्झौताको अबधि रहेपनि असोज अन्तिममा सडकको काम निर्माण ब्यबसायीले पुरा गरेको डिभिजनका इन्जिनियर किरण पोखरेलले जानकारी दिनुभयो । जागृति–कुन्सालीङ जेभीसँग ४ करोड ११ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । १ लाख ८७ हजार घनमिटर कटिङ र ३ हजार ५ सय १० घनमिटर ग्याबियन पर्खाल लगाउने काम चिसो बढ्नु अगावै सकिएको छ ।

    भौगोलिक रुपमा विकट र दुर्गम तथा हिमपात हुने भएकाले यही बर्खायाममा सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिएका कारण एक बर्ष अघि नै निर्माणको काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि जीवन रोकायाले बताउनुभयो । समयमा ठेक्काको काम नसक्ने प्रबृत्ति बढीरहेका बेला हिमालपारीको जिल्ला र बिकट भौगोलिक क्षेत्रमा समेत एक बर्ष अगाडी नै निर्माण ब्यबसायीले काम सम्पन्न गरेपछि सडक डिभिजनले पुरस्कृत गर्ने तयारी समेत गरेको छ । हिमालपारी हिउँदमा हिमपात र चिसोका कारण काम नहुने भएकाले गर्मी याममा नै विकास निर्माणको काम अघि बढ्दै आएका छन् । मुस्ताङ्गकोे एक्लेभट्टिदेखि मुस्ताङको अन्तिम मानवबस्ती साङता हुँदै ४४ किलोमिटमा ट्रयाक खुलेको छ । दुई जिल्लाका बिकट भौगोलिक क्षेत्रहरु सडक सञ्जालबाट जोडिने यो सडक महत्वपुर्ण सडक परियोजना पनि भएको सडक डिभिजन बागलुङका प्रमुख बलिराज मल्लले बताउनुभयो । हिमालपारीका जिल्लाहरु जोड्ने मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजना अन्तर्गत मुस्ताङको बारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माण गरिएको हो । पाँच बर्ष यता दुबै जिल्ला जोड्ने गरि डोल्पा र मुस्ताङ्ग दुबै तर्फबाट सडक निर्माणको काम भैरहेको छ ।

    मुस्ताङ र डोल्पा जोड्ने सडक समुद्री सतहदेखि ४ हजार मिटरभन्दा बढी उचाईबाट जान्छ । मुस्ताङतर्फबाट डोल्पाको सिमाना याकखर्कसम्म सडक पुर्‍याउन लागिएको छ । डोल्पातर्फबाट मुस्ताङको सिमाना नजिकसम्म सडक जोडिएको छ । ११ मिटर फराकिलो सडक निर्माण भैरहेको छ । डोल्पा जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीलाई आवतजावतमा सहज हुने डिभीजन प्रमुख मल्लले बताउनुभयो । हप्तौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन सक्नेछन् । घोडा, खच्चर, याक र चौरीमा बोकाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता हट्ने बिश्वास पनि लिइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑