बिरगंज । पर्सा १ मा पाच दलिय बाम लोकतान्त्रिक गठबन्धन का साझा उम्मेदवारहरु द्वारा आज बिहान शनिबार बिरगंज महानगरपालिका ८ मा भब्य घरदैलो गरेको छ । गठबन्धनका प्रतिनिधिसभा लोसपा का लक्ष्मणलाल कर्ण र प्रदेशसभाको उम्मेदवार नेपाली काङ्ग्रेसका रामनारायण कुर्मी प्रती मतदाता खुशी भइ जितको आशिर्वाद दिएका छन ।
अबको निर्वाचनबाट बन्ने काङ्ग्रेस नेतृत्व को गठबन्धन सरकारले पहिलो काम राष्ट्रपतिले रोकेर राखेको नागरिकता विधेयक प्रमाणिकरण गराउने रहेको बताए । संविधान लाइ सधैका लागि ध्वस्त गरेर लोकतन्त्रलाइ नै सिध्याउने योजना अनुरुप २ दुइ पटक संसद भंग गरेको दल एमाले र उसका अध्यक्ष केपी ओलीलाई जनतासंग भोट माग्ने नैतिक अधिकार नै नभएको उनले बताए । उनले भने ,‘ आफनै पार्टीको दुइ तिहाइ सरकार गिराएर आफनै दल सिध्याउन खोज्ने ओलीमा लोकतन्त्र प्रतिको निष्ठा कहिले पनि थिएन , त्यस्ता नेता र दलले अहिले फेरि मत माग्दैछन् , त्यस्तालाइ जनताले के का लागि मत दिने ? त्यस कारण एमाले का ओलि र उसको चरण मा गएका जसपा ले जितको सपना नदेखे हुन्छ ।
संविधान र लोकतन्त्र रक्षाका लागि नै पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धन बनेको स्मरण गराउदै अहिले बनाइएका हरेक गेटमा ठूलो भ्रष्टचार भएको छ , बरु त्यस्को सट्टा म हरेक विधालयको शैक्षिक र भौतिक गुणस्तरमा सुधार गर्छु ,स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गराउछु । उनले पहिले आफु सान्सद हुदा पनि गाँउ गाँउमा विद्युतीकरण गराउनुका साथै स्वास्थयचौकी ,सडक र पुलहरु बनाएको कुरा जनताले देखेको भन्दै अब जितेर सांसद बन्दा पनि तीनै कामहरुलाइ निरन्तरता दिदै देश जनताको सेवा गर्ने बताए ।