पर्सा । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्नेहरुको लहर नै चलेको छ । प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले सकृयता बढाएसंगै यस क्षेत्रमा अन्य दलका नेता कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गरि जसपामा प्रवेश गर्ने क्रम तिब्र भएको छ ।
शुक्रबार वीरगञ्ज महानगरका विभिन्न वडाका नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी, नेपाल सुशासन पार्टीका वडास्तरमा प्रभाव राख्ने नेताहरु नै जसपामा प्रवेश गरेका हुन् । शुक्रबार साँझ फेरि वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा नेकपा एकिकृत समाजवादी र सुशासन पार्टीका नेताहरु जसपामा प्रवेश गरेका छन् ।
वडा नम्बर १४ का सुशासन पार्टीका वडा कमिटी सचिव राजु पटेल र नेकपा एसका नेता राजेश पटेलको नेतृत्वमा १६ जना जसपामा प्रवेश गरेका हुन् । उनिहरुसंगै प्रमा प्रसाद कुर्मी , वीरेन्द्र प्रसाद कुर्मी, सरोज कुमार सिंह, सचिन प्रसाद, राजु साह, विजय पटेल, विकास प्रसाद कुर्मी, रामु पटेल, सुरेन्द्र प्रसाद कुर्मी, सुरेश पटेल, ढारा पटेल, विनेश पटेल, विष्णु पटेल, अमीरी लाल, सचिन पटेल र सुदामा पटेल जसपामा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई पूर्व मन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य उम्मेदवार यादवले टिका लगाएर पार्टीमा स्वागत गर्दै युवाहरुको प्रवेशले जसपा झन मजबुत भएको बताए । उनले मधेश र मधेशीका लागि संघर्षरत जसपाप्रति पर्सा जिल्लाभरी नै आकर्षण बढ्दै गएकोले जित झन् सुनिश्चित हुदै गएको बताए ।