पर्सा । पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार द्विवेदीले शुक्रवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्षमणवाका मतदाताको घरदैलोमा पुगेका छन् । मतदाताहरुले उनलाई टिका र माला लगाउँदै स्वागत गरेका थिए भने जितको शुभकामना समेत व्यक्त गरेका थिए ।स्वतन्त्र उम्मेदवार अजय द्विवेदीको समर्थनमा स्थानीय एकजुट भई घरदैलो कार्यक्रममा सहभागिता जनाएका थिए ।
स्थानीयहरुले स्वच्छ छबि भएका द्विवेदीलाई यसपालि निर्वाचित गराउने प्रतिवद्धता समेत जाहेर गरेका थिए । स्वच्छ छबि र सरल स्वभावका स्वतन्त्र उम्मेदवार रहेका द्विवेदीलाई मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा बिजयी गराउने स्थानीयहरुले वाचा गर्दै भव्य स्वागत समेत गरेका थिए । भेटका क्रममा उनले नेताहरुले आफ्नो स्वार्थ पुरा गर्नका लागि जनताको मतलाई बन्धक बनाउन खोजेकोले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
दलमा नातावाद, गुटवाद र व्यक्तिवाद हावी भएको भन्दै उनले दलका उम्मेदवारले जितेमा विकास गर्न नसक्ने दावी गरे । वृद्धदेखि युवासम्म मतदाताहरुले वैकल्पिक उम्मेदवार खोजीरहेको बताउँदै नेता द्विवेदीले वीरगन्जका मतदाताहरुको मत आफूले खेर जान नदिने प्रतिबद्धता जनाए । मतादाताले भ्रष्टाचार नगर्ने र विकास गर्ने नेतालाई चुन्ने बताएकाछन् । झण्डै ४ दशकसम्मको नेपाली कांग्रेसबाट सक्रियपूर्वक राजनीति गरेका द्विवेदी कांग्रेसी नेताहरुको पनि मत पाउनेमा विश्वासका साथ निर्वाचनमा होमिएका छन् । उनीसँगै उनकी श्रीमती डा. सुष्मा तिवारी द्विवेदी एवम् उनका समर्थकहरु घरदैलोमा सहभागी थिए ।