बिरगंज । पर्सा क्षेत्र १ मा पाच दलिय बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरु प्रतिनिधिसभाका उम्मेदवार लोसपाका लक्ष्मणलाल कर्ण र प्रदेशसभा का उम्मेदवार नेपाली काङ्ग्रेसका रामनारायण कुर्मी को सन्युक्त घरदैलो कार्यक्रमको आयोजना आज बिरगंज १२ मुर्ली चौक बाट शुरु भएर वडा को विभिन्न टोल टोलको घर घरमा पुगेर मतदाताहरु संग भेटघाट गर्दै जित को आशिर्वाद लिएका छन । सो घरदैलोमा नेपाली काङ्ग्रेस को नेतृत्वमा पाच दलका नेता , महिला ,युवा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।
घरदैलो कै क्रममा दुबै उम्मेदवारहरुले देश मधेसका जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने तत्वहरुको नक्कलि चेहरा जनताको सामु उजागर भैसकेकोले त्यस्ता बहुरुपिया गठबन्धनलाई यसपटक जनताले परास्त गर्ने जिकिर गर्नुभयो । उहाँहरुले अहिलेको नेपाली काङ्ग्रेसको नेतृत्वको ५ दलिय बाम लोकतान्त्रिक गठबन्धनल देश जनता लोकतन्त्र संविधान बिरोधी एमाले-जसपाको जस्तो देश जनता लाई भ्रममा पार्ने ठगबन्धन नभएको बताउदै देश जनता लोकतन्त्र संविधान जोगाउने ५ दलिय गठबन्धन का उम्मेदवारहरु लाइ अत्यधिक मत दियेर बिजयी बनाउन आजको आवस्यकता रहेको भन्दै आआफ्नो अमुल्य मत दिन आग्रह गरेका छन ।
दुबै उम्मेदवारहरुको आग्रहलाई वडा का अग्रज , महिला ,युवा मतदाताहरुले जित को अग्रिम बधाई तथा शुभकामना दियेका थिए साथै तपाईं दुबै इमानदार पधेलेखेका सुयोग्य बिद्धवान बिकासप्रेमी उम्मेदवार भएको भन्दै थप हौसला प्रदान गरेका थिए ।