वीरगंज । द साझा फाउण्डेशनले विगत ६ सातादेखि निःशूल्क रुपमा भोजन वितरण गरीरहेका छ । वीरगंजस्थित नारायणी अस्पतालमा भर्ना भएका बिरामीका कुरुवाहरुलाई हरेक साताको बुधवार र शनिवार गरी २ दिन फाउण्डेशनले निःशूल्क रुपमा भोजन वितरण गरेको हो ।
राइनो युवा क्लब र द साझा खबरको सहकार्यमा फाउण्डेशनले सेवा नै धर्म हो भन्ने सन्देश प्रवाहका लागि भोजन वितरण गर्न थालेको फाउण्डेशनले बताएको छ । कम्तिमा १ सय २० देखि बढीमा २ सय जना सम्मलाई भोजन वितरण गर्ने गरेको फाउण्डेशनले जनाएको छ ।
निर्वाचन नजिकिदै गर्दा कसैको राजनीतिक चाल हो कि भन्ने प्रश्नको जवाफमा फाउण्डेशनले विशद्ध रुपमा सामाजिक काम गर्ने इच्छा राखेका युवाहरुको साथ र सहयोगमा शुरु गरिएको बताएको छ । पनिर, अण्डा, आलु, सोयाबिन, प्रबल लगायतका तरकारीसहित स्वास्थ्यबद्र्धक खाना वितरण हुने गरेको बताउँदै फाउण्डेशनका एक पदाधिकारीले यसबाट १२ दिनसम्म झण्डै २५ सय जना लाभान्वित भएको जानकारी दिए ।