• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    टी–२० विश्वकप क्रिकेटमा बंगलादेश माथि भारतको जित

  • वीरगंज संजाल
  • १७ कार्तिक २०७९, बिहीबार १२:२४
  • २११३

    वीरगंज । अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा बुधबार भारतले बंगलादेशलाई पराजित गरेको छ । वर्षाले प्रभावित खेलको दोस्रो इनिङ्समा बंगलादेशमाथि रोमाञ्चक जित निकालेसँगै भारत सुपर १२ को समूह बी मा चार खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । योसंगै उसले सेमिफाइनल पुग्ने सम्भावना बलियो पनि बनाएको छ । बंगलादेश भने चार खेलबाट ४ अंकसहित तेस्रो स्थानमै यथावत छ । भारतले अन्तिम खेल जिम्बावेसँग खेल्नेछ भने बंगलादेशले पाकिस्तानसँग खेल्न बाँकी छ । बुधबार भएको खेलमा १८५ रनको लक्ष्य पछ्याएको बंगलादेशले दोस्रो इनिङ्समा पानी परेपछि १६ ओभरमा १५१ रनको नयाँ लक्ष्य पाएको थियो । तर, उसले ६ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो । भारतले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले उत्कृष्ट सुरुवात गरेको थियो । ओपनर लिट्टन दासले आक्रमक ब्याटिङ गरेपछि बंगलादेशले ७ ओभरमै विना क्षति ६६ रन बनाएको थियो ।

    त्यसपछि पानी पर्दा खेल केहिबेर रोकियो । वर्षा रोकिएपछि चार ओभर घटाएर फेरि सुरु भयो र बंगलादेशले १६ ओभरमा १५१ रनको नयाँ लक्ष्य पाएको थियो । बंगलादेशले खेल जित्न ५४ बलमा ८५ रन बनाउनुपर्ने भयो ।वर्षापछिको खेलमा बंगलादेशले ‘मोमेन्टम गुमायो’ भने भारतले पुनरागमन ग¥यो । पुनः सुरु भएको खेलको दोस्रो बलमै लिट्टोन दास रन आउट भए । उनले २७ बलमा सर्वाधिक ६० रन बनाए । यस क्रममा ७ चौका र ३ छक्का प्रहार गरे । लिट्टन आउट भएपछि बंगलादेशले लगातार विकेट गुमायो । दशौं ओभरको पहिलो बलमा अर्का ओपनर नाजमुल होसेन शान्तो आउट भए । उनले २५ बलमा २१ रन बनाए । १२ औं र १३औं ओभरमा बंगलादेशले दुई–दुई विकेट गुमायो । भारतका अर्शदीप सिंहले १२ औं ओभरमा आफिफ होसेन र कप्तान शकिब अल हुसेनलाई आउट गरे । शकिबले १३ र अफिफले ३ रन बनाए ।त्यसपछि हार्दिक पाण्ड्याले यासिर अली र मोसाडेक होसेनलाई एकै ओभरमा आउट गरेपछि १३ ओभर सकिँदा बंगलादेश १०८–६ को अवस्थामा पुग्यो ।

    अन्तिम ३ ओभरमा बंगलादेशलाई जितका लागि ४३ रन आवश्यक थियो । क्रिजमा रहेका विकेटकिपर ब्याटर नुरुल हसन र तस्किन अहमदले इनिङ्स अघि बढाए ।बंगलादेशले १४औं ओभरमा १२ र १५औं ओभरमा ११ रन जोडेपछि अन्तिम ओभरमा जितका लागि २० रन आवश्यक भयो । अर्शदीपले बलिङ गरेको उक्त ओभरमा बंगलादेशले एक छक्का र एक चौकासहित १४ रन मात्र जोड्न सक्यो ।नुरुल हसनले १४ बलमा अविजित २५ रन बनाए । तस्किनले ७ बलमा अविजित १२ रन जोडे ।भारतका लागि अर्शदीप र हार्दिकले २–२ विकेट लिए । मोहम्मद शामीले १ विकेट लिए ।टस हारेर पहिले ब्याटिङ गरेको भारतले केएल राहुल र विराट कोहलीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । यसअघि लगातार फ्लप हुँदै आएका केएल राहुल बंगलादेश विरुद्ध भने ३२ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा ५० रन बनाए । कोहलीले अविजित ६४ रन बनाउने क्रममा ४४ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे । सूर्यकुमार यादवले १६ बलमा ३० रन बनाए । रविचन्द्र आश्विनले ६ बल खेल्दै अविजित १३ रन जोडे ।बंगालदेशका लागि हसन महमुदले ३ तथा कप्तान शकिब अल हसनले २ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑