वीरगंज । पर्सा क्षेत्र नम्वर १ सतारुढ गठबन्धका लोकतान्त्रिक पार्टीबाट साझा उम्मेद्वार लक्ष्मणलाल कर्णलाई वीरगन्ज महानगरपालिका वडा नम्वर ११ का मतदाताले विजयको शुभकामना दिएका छन् ।
विभिन्न टोलमा बुधबार बिहान घरदैलोमा पुगेका कर्णलाई मतदाताले आशिर्वाद दिँदै जित निश्चित भएको भन्दै अग्रिम शुभकामना दिएका हुन् ।अन्य पार्टीमा आवद्ध रहे पनि यस पटक भने लक्ष्मणलाल कर्णलाई जिताउनु पर्ने भन्दै मतदाताहरु एक जुट भएर घरदैलो गर्दै हिँडेका छन् ।यस अघि जितेर गएका प्रतिनिधिले सपना मात्रै देखाएको भन्दै मतदाताहरुले अब गठबन्धनका साझा उम्मेदवार कर्णको पक्षमा मतदान गर्ने बताए ।
घरदैलोमा पुगेका कर्णलाई नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र लोसपा नेपाल लगायत विभिन्न पार्टीमा आबद्ध रहेका नेता कार्यकर्ताले स्वागत गर्दै यस पटक साझा उम्मेद्वार कर्णलाई मतदान गर्ने बताए ।घरदैलो अभियानमा अग्रज, महिला, बुद्धिजिवी, युवा लगायतको सहभागिता रहेको थियो ।