• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पटक–पटक विश्वास र पटक–पटक धोकाको कथा

  • वीरगंज संजाल
  • १६ कार्तिक २०७९, बुधबार १२:५३
  • २७८५

    कृष–बाबूले बुझेको कुरो त के हो भने राजनीति लोककल्याणका लागि गरिनुपर्छ । जनहित र राष्ट्रहित राजनीतिको मूल ध्येय हुनुपर्छ । तर कृष–बाबू सबैलाई सोध्न चाहन्छन्– के नेपालको राजनीति यस उद्देश्यपूर्तिको दिशामा अगाडि बढेको छ ? उत्तर सहज छ– शतप्रतिशत छैन ।

    अरे यार, आदर्श राजनीतिको कुरा गर्ने हो भने राजनीतिकर्मीमा इमान, सत्य, निष्ठा, समर्पण, विश्वास आदिको निकै महत्त्व हुन्छ । तर कृष–बाबू क्षुब्ध छन्, नेपालका राजनीति र राजनीतिकर्मीमा अरू सबैथोक पाइएला, विधि, नैतिकता र आन्तरिक लोकतन्त्रसँग जोडिएका कुरा पाउन भने दुर्लभ छ ।

    कृष–बाबूका अनुसार नेपालमा आजको दिनमा झुठ, फरेब, बेइमानी, फट्याइँ, धुत्र्याइँ, ठगी आदि सत्ता राजनीतिको पर्याय बनेको छ । यस्तो अपेक्षाविपरीतको अवस्था देख्दा कृष–बाबूलाई बहुत दुःख लाग्छ । तर राजनीतिकर्मीको चाला भने सधैँ उही ‘हम नही सुधरेंगे’ पाराको भएपछि कृष–बाबूलाई दुःख लागेर के गर्नु ?

    कहाँसम्म भने राजनीतिमा बाबुले छोरालाई र छोराले बाबुलाई समेत सही कुरा भन्दैन । यस्तो बेलामा कृष–बाबू प्रायः एउटा कथा सम्झिन्छन् । याद रहोस्, कथा भनेको कथै हो । कथामा पात्रले गरेअनुसार प्रयोग नगर्नुहोला । चुपेचाप कुरा बुझे पुग्छ ।

    कथाको पात्र बाबुले छोरालाई भनेछ– तँ घरको छतबाट हामफाल्, म तँलाई समाउँछु । छोराले बाबुको कुरा पत्याएछ । बाबुको आड–भरोसा पाएर छोरो सरासर छतमा गएछ । र भनेछ– ल अब म हामफाल्दै छु, तपाई समाउनु है ।

    बाबुले पनि ‘हुन्छ ठिकै छ’ भन्दै छोरो समाउन हात ठिक्क पारेछ । त्यो देखेर छोरो आँखा चिम्लेर हाम्फालेछ । तर बाबुले समातेनछ । बाबुले नसमातेपछि छोरो भुइँमा डङ्ग्रङ्ङ बजारिएछ र खुट्टामा चोट लागेछ ।

    अनि चोट लागेको खुट्टा सुम्सुम्याउँदै, बाबुसँग हल्का रिसाउँदै छोराले भनेछ– सुरुमा तपाईले समाउँछु किन भन्नुभयो र किन समाउनु भएन ? बाबु–छोरामा पनि यस्तो धोका दिन मिल्छ ?

    रिसाएको छोरालाई सम्झाउँदै बाबुले भनेछ– तँ नरिसा छोरा । मैले तँलाई राजनीतिको व्यावहारिक ज्ञान दिएको । राजनीतिको पहिलो शिक्षा यही हो कि बाबुको कुरामा पनि आँखा चिम्लेर विश्वास नगर्नू ।

    बाबुको कुरा सुनेर छोरो ट्वाँ परेछ । छोरो ट्वाँ परेको देखेर बाबु मुसुक्क हाँसेछ । कथा सक्कियो । सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला ।

    कस्तो लाग्यो तपाईलाई यो कथा ? अलिअलि हँस्यौली तर निकै मात्रामा सत्यता भएको यो कथा तपाईलाई पक्कै पनि मन पर्‍यो र भन्न खोजेको कुरा बुझ्नुभयो होला भन्ने कृष–बाबूको विश्वास छ ।

    कृष–बाबू चश्माको डाँडीमा बेरिएको डोरी मिलाउँदै सन्दर्भको बिट मार्छन्– नेपालको वर्तमान राजनीतिक अवस्था यही बाबुछोराको कथाको सेरोफेरोमा घुमिरहेको छ । मानौँ बाबु नेता र छोरो जनताको भूमिकामा छन् । तर नेताले पटक–पटक बाबुको अभिनय गरेर धोका दिइरहने र छोरोको भूमिकामा रहेका जनताले धोकेबाज नेताको विश्वास गरिहने हो भने देश कसरी उँभो लाग्छ ?

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑