• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मुस्ताङमा पर्यटकको ड्रोन जफत

  • वीरगंज संजाल
  • १६ कार्तिक २०७९, बुधबार १०:२६
  • २४०५

    वीरगंज । मुस्ताङमा एक विदेशी र अर्को एकजना नेपाली पर्यटकको दुई थान मानवरहित हवाई उपकरण (ड्रोन क्यामेरा)जिल्ला प्रहरी कार्यालय मुस्ताङले जफत गरेको छ। जफत गरेको उक्त ड्रोन प्रहरीले जोमसोम नागरिक उड्डयन कार्यालय मुस्ताङलाई बुझाएको छ। शुक्रबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी माथिको सेल्फी पार्क र थासाङ गाउँपालिका–३ लेतेमा ड्रोन इजाजत र प्रशासनको अनुमतीबिना उडाउँदै गरेको अवस्थामा नेपाली र विदेशी पर्यटकले प्रयोग गरेको ड्रोन क्यामेरा बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार मुस्ताङको कागबेनीदेखि मुक्तिनाथ जाने सडकको सेल्फी पार्कमा भारतको हैदरावादबाट मुस्ताङ घुम्न आएका ३२ वर्षीय भारतीय पर्यटक नागराज वाकेटीको ७५० ग्राम तौल भएको ड्रोन क्यामेरा बरामद गरी जफत गरिएको हो। ड्रोन इजाजत नभएको र स्थानीय प्रशासनबाट ड्रोन उडान अनुमतीपत्रसमेत नलिइ एक्लै ड्रोन उडाउँदै गरेको अवस्थामा एक स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयबाट सूचना प्राप्त भएपछि कागबेनी प्रहरी चौकीले भारतीय पर्यटक वाकेटीलाई ड्रोन क्यामेरासहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा पेश गरेको थियो। भारतीय पर्यटकको ड्रोन जफत गरेर सोधपुछ गरी प्रहरीले छोडेको थियो।

    यस्तै, शुक्रबार नै मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा ड्रोन उडाउँदै गरेको अवस्थामा बुढानीलकण्ठ नगरपालिका घर भइ मुस्ताङ घुम्न आएका २९ वर्षीय स्वासत खरेलको २४९ ग्राम तौल भएको ड्रोन प्रहरीले नियन्त्रणमा लिएको थियो। उनले पनि ड्रोन इजाजत र प्रशासनको उडान अनुमतिपत्र नलिएकाले प्रहरीले ड्रोन क्यामेरा जफत गरेको हो। कृषि, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, कलासंस्कृति, मनोरञ्जन, विकास तथा विपद् व्यवस्थापन, सुरक्षा तथा आम सञ्चार जस्ता विषयमा अध्ययन अनुसन्धान, सूचना सम्प्रेषण र सर्वेक्षण आदिका लागि ड्रोन उपयोग गर्ने व्यक्ति, संघ र संस्थालगायतका निकायले नेपाल नागरिक उड््यन प्राधिकरणको अनुमति लिनुपर्ने हुन्छ। यस्तै ड्रोन उपरकण प्रयोग गर्नुअघि सम्वन्धित क्षेत्रको स्थानीय प्रशासनको स्वीकृति लिनुपर्ने हुन्छ। चालु आर्थिक वर्षमा मुस्ताङमा मानवरहित हवाई उपकरण (ड्रोन क्यामेरा) उडाउन ९ जनाले जिल्ला प्रशासन कार्यालय मुस्ताङमा लिखित अनुमति लिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए। उनका अनुसार ड्रोन उडानका लागि अनुमति लिन आउनेलाई ड्रोन ईजाजतपत्र भए नभएको प्रमाणित गरेर मात्र अनुमति दिने गरेको बताए।

    यस्तै, अन्नपूर्ण सरक्षित तथा नियन्त्रित क्षेत्रमा ड्रोन क्यामेरा उडान गरी फिल्म र डकुमेन्ट्री भिडियो निर्माण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको प्रधान कार्यालयबाट पूर्व स्वीकृति लिनुपर्ने एक्याप जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीले जानकारी दिए। ड्रोनसम्वन्धी कार्यविधि २०७५ मा उल्लेख भएअनुसार यदि कुनै व्यक्ति वा संघ/संस्थाले ड्रोन क्यामेरा प्रयोग गर्दा १८ वर्ष उमेर पुगेको हुनुपर्ने, उडान उपकरणसम्बन्धी ज्ञान भएको हुनुपर्ने, संरक्षित र नियन्त्रित क्षेत्रको बारेमा जानकारी हुनुपर्ने र मानव बस्तीभन्दा बाहिर उडान गर्नुपर्नेलगायतका विभिन्न नियम उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑