• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गरिब बिरामी हुँदा घरमै आएर अस्पताल लैजाने सुनील शर्मा भगवान जस्तै : मतदाता

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७९, मंगलवार १८:३७
  • २०२९

    वीरगंज । कोही मानिस भगवान हुन सक्दैन । ऊ त आफ्नो सत्कर्मले भगवान हुने हो । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले गरेको कर्म भने लोभलाग्दो छ । उनले अहिलेमात्र हैन वर्षौंदेखि यो कर्म गरिरहेका छन् । उनले काठमाडौंको केएमसी र विराटनगरको नोबल अस्पतालमार्फत कर्म गरिरहेका छन् । हजारौंको निःशुल्क उपचार गरेका छन् । सयौं गरिब परिवारका जेहन्दार विद्यार्थीलाई निः शुल्क पढाइरहेका छन् । निर्वाचनको मिति नजिकिए सँगसँगै जिल्लाका गाउँगाउँमा राजनैतिक दल आफ्नो उम्मेदवार र चुनावी एजेण्डासहित पुगिरहँदा डा. सुनील शर्माको कर्मको हिसाबकिताब पनि भइरहेको छ । किनकि उनी पनि उम्मेदवार छन् । उनी मोरङको ६ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार हुन् । यस पटक मतदाताले यो क्षेत्रलाई रोचक ढंगले नियालिरहेका छन् । आउँदो निर्वाचनमा पहिलो पटक भोट हाल्ने तयारीमा रहेका बेलबारी ११ का साभार श्रेष्ठ असल, भ्रष्टाचार विरोधी अनि आम जनभावना बुझ्ने उम्मेदवारलाई भोट हाल्ने बताउँछन् । ‘यस निर्वाचन क्षेत्रमा सुकुम्बासी समस्या मुख्य रहेकोले यसको दीर्घकालीन समाधान गरीदिन उम्मेदवारसँग माग छ’, पथरी शनिश्चरेकी माया राईले भनिन् । त्यस्तै बेलबारीकी पद्यमाया गुरुङ ‘नेताहरुलाई जिताएर संसदमा पठाए पनि चुनाव सकिएपछि फर्किएर नआएको’ गुनासो गर्छिन् । गरिब बिरामी हुँदा घरमै आएर अस्पताल लैजाने डा. सुनील शर्मा भगवान जस्तै भएको गुरुङ बताउँछिन् । उनले भनिन्, ‘गरिब बिरामी हुँदा घरमै आएर अस्पताल लैजाने सुनील शर्मा भगवान जस्तै हुनुहुन्छ ।’ डा. शर्मा २०७४ सालमा पनि उम्मेदवार थिए । नेपाली कांग्रेसका तर्फबाट उठेका उनले झिनो मतले हार बेहोरेका थिए । त्यतिबेला एमालेका नेता भानुभक्त ढकाल विजयी भएका थिए । तर यसपालि आफूले जित्नेमा डा. शर्मा ढुक्क छन् । जनाधार पनि बलियो छ । किनकि नेता कर्मले भइने हो । शर्माले चुनाव हार्नासाथ कर्म गर्न थाले । ढकाल भने मन्त्री पद पड्काउन काठमडौं हानिए । ढकालले आफ्नो क्षेत्र छाडेनन् । जनतासँग दुःखसुखमा सँगै रहे । ढकालले फर्केर हेरेनन् ।

    शर्माले ‘स्वास्थ्य, शिक्षा, यातायात र रोजगारी’ आफ्नो मुख्य एजेन्डा बनाएका छन् । ढकाललाई दोब्बर मतले जित्ने उनको दाबी छ । ‘अघिल्लो चुनावमा थोरै मतले मात्रै हारेँ, यसपटक गठबन्धनकोसमेत साथ रहेकाले दोब्बर मतले जित्छु,’ शर्मा दाबी गर्छन् । ढकाल ‘अघिल्लो पटक जितेर मन्त्री बन्दा महत्वपूर्ण कानून बनाउनै धेरै समय लागेको र अधुरा काम पूरा गर्ने योजना रहेको’ बताउँदै यस पटक पनि सहजै आफ्नो जित रहने बताउँछन् । तर उनी पटक पटक मन्त्री रहँदा विवादरहित रहन सकेनन् । उनले कोरोनाका बेलामा कात्रोबाटसमेत पैसा असुल गरेको आरोप छ । चिनियाँ कम्पनीसँग स्वास्थ्य सामग्री खरिद गर्दा यिनी भ्रष्टाचारको आरोपमा परे । यिनी स्वास्थ्यमन्त्री हुँदा नेपालमा कोरोना बढेको थियो । कोरोना महामारी रोकथामका लागि कुनै पहल नगरेको आरोप छ । त्यतिमात्र हैन महामारीलाई यिनले अवसरका रुपमा लिएर भ्रष्टाचार गरेको आरोप छ । मतदाताले भने टुरिष्ट सांसदलाई किन भोट हाल्ने ? भन्दै प्रश्न गरिरहेका छन् । ढकाल मोरङका हैनन् । उनले आफूले आफूलाईसमेत भोट हाल्न पाउँदैनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र रहेकाले ढकालले मोरङबाट टिकट पाएका हुन् । यसअघि मतदाताले जिताएको भए पनि केही काम नै नगरेपछि मतदाता रुष्ट रहेको बताउँछन् । कस्तो छ लेखाजोखा ? गणतन्त्र घोषणा पश्चात् २०६४ मा भएको पहिलो संविधान सभाको निर्वाचनमा माओवादीबाट सावित्रीकुमार काफ्ले विजयी बनेका थिए । दोस्रो संविधान सभाको निर्वाचन २०७० मा नेपाली कांग्रेसबाट दिलिप गच्छदार विजयी बन्न सफल भएका थिए भने गत २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट भानुभक्त ढकाल विजयी बनेका थिए । गत निर्वाचनमा ढकाल र शर्माबीच मुख्य प्रतिस्पर्धा रहेको थियो भने यसपटक पनि ढकाल र शर्माबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । गत निर्वाचनमा खसेको ९१ हजार ६०६ मतमध्ये ढकाल ४२ हजार ४१३ मतले विजयी भएका थिए भने शर्माले ४० हजार ५०६ मत ल्याएका थिए ।

    यसपालि मोरङको क्षेत्र नम्बर ३ मा ३३ जना उम्मेदवार चुनावी मैदानमा छन् । ३३ मध्ये १९ जना स्वतन्त्र उम्मेदवार हुन् । नेमकिपाका ओमनारायण राजवतार, लोकतान्त्रिक समाजवादी पार्टीका भवन राई, हाम्रो नेपाली पार्टीका खगेन्द्रप्रसाद न्यौपाने, नेकपा मालेका उद्धिमबहादुर खड्का, मंगोल नेशनल अर्गनाइजेसनका विकेन्द्र राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रिकादेवी लिम्बू, नेसनलिस्ट पिपल्स पार्टीबाट नारायण शर्मा, समाजवादी पार्टी नेपालबाट कमल लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास उप्रेती पनि चुनावी मैदानमा छन् । त्यसैगरी स्वतन्त्रहरूमा दिनेश चापागाईं, जयराज संयोग, कृष्ण राई, पंकजकुमार भगत, गणेशबहादुर पोखरेल, इन्दिरा थापा, कमल राजवंशी, प्रकाश भट्टराई, शिवकुमार पौडेल, अरविन शाह, इन्द्रप्रसाद सुवेदी, चन्द्रकला खत्री, सुवास धिमाल, हिमप्रसाद मिश्र, बाबुराम सुवेदी, रेवतकुमार बस्नेत, सुरेश भण्डारी, धर्मप्रसाद न्यौपाने र जीवनाथ निरौला उम्मेदवार छन् । सुन्दरहरैचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकाका २४ वडा मिलेर बनेको यस निर्वाचन क्षेत्रमा १ लाख ३९ हजार ८ सय ३३ मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्र नम्बर ३ प्रदेश क मा ७५ हजार ३ सय ९३ कुल मतदाता संख्या रहेकामा ३८ हजार ६१२ महिला मतदाता संख्या रहेको र ख तर्फ ७४ हजार २ सय ४० कुल मतदाता संख्या रहेकोमा ३८ हजार ६२७ महिला मतदाता संख्या रहेको निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नं. ३ का निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेले बताए । क्षेत्रभरी ४८ मतदान केन्द्र रहनेछन् जसमध्ये सबैभन्दा बढी बेलबारीमा २८, पथरी शनिश्चरेमा १४, सुन्दरहरैँचामा १२ र कानेपोखरीमा ८ स्थानमा रहने जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा वडाध्यक्षले ल्याएको मत हेर्दा सत्ता गठबन्धन बलियो देखिएको छ । एकल मतमा भने एमाले थोरै अगाडि छ । एमालेको ३७ हजार ४१० र जसपाको ४६३ मत छ । जसपा एमाले गठबन्धनमा ३७ हजार ८७३ मत देखिएको छ । मोरङमा राप्रपा आफैं चुनावी मैदानमा छ । राप्रपाको २ हजार १२१ मत छ । अर्कातर्फ कांग्रेसको ३६ हजार ९१६, माओवादीको ७ हजार ३७३, एसको १ हजार ८५५ मत रहेको छ । सत्ता गठबन्धनको कुल मत ४६ हजार १४१ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑