• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गठबन्धन दलबीच नै चुनावी प्रतिस्पर्धा

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७९, मंगलवार १२:१६
  • २०५३

    वीरगंज । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीबिच गठवन्धन भएपनि समाजवादीले प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ । प्रदेशका सबै जिल्लामा प्रतिनिधिसभा वा प्रदेशसभामा भाग खोजेको समाजवादीले भाग नपाएपछि उम्मेदवार अगाडि सारेको हो । कर्णालीमा समाजवादीले १२ प्रतिनिधिसभामध्ये तीन क्षेत्र सल्यान, डोल्पा र दैलेख–१ र प्रदेशसभातर्फ २४ मध्ये दुई क्षेत्र मुगु (क) र जुम्ला (ख) पाएको छ । भागवण्डामा नपरेपछि असन्तुष्टी जनाउँदै पार्टीको जनमतका आधारमा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका छन् । प्रदेशका केही प्रदेश सभा निर्वाचन क्षेत्रमा गठबन्धन दलहरुभित्रै चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

    सुर्खेतका चार प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा नेकपा समाजवादीका उम्मेदवार उठाएको छ । सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नम्बर २ (क) र (ख) मा समाजवादीका नेताहरुले दलबाट आधिकारिक टिकट लिएर चुनावी प्रचारमा लागेका छन् । भागवण्डामा यो निर्वाचन क्षेत्रमा प्रदेशसभा २ (क) नेपाली काँग्रेस र (ख) नेकपा माओवादी केन्द्रको भागमा परेको छ । गठबन्धनका तर्फबाट (क) मा काँग्रेसका कालीप्रसाद शाक्य र (ख) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार बन्नुभएको छ । नेकपा समाजवादीले (क) मा शिवप्रसाद उपाध्याय र (ख) मा मोहनसिंह बडुवाललाई गठबन्धनविरुद्ध उम्मेदवार बनाएको छ । सुर्खेतमा जनमतको कदर गर्दै दलबाट छुट्टै उम्मेदवारी परेको नेकपा (एस) सुर्खेका अध्यक्ष मोहनसिंह बडुवालले बताउनुभयो । गठबन्धनको निर्णय एकातिर छ, हामीसँग जनताको साथ छ,’ उहाँले भन्नुभयोे, हामीले पार्टीलाई निर्णय गरी पठाएपछि उताबाट लड्नुस् भनेर आधिकारिक टिकट आएपछि उम्मेदवारी दिएका हौं । उता कालीकोटमा पनि गठवन्धनविरुद्ध उम्मेदवारी परेको छ ।

    भागवण्डा अनुसार प्रदेशसभा (क) मा माओवादीका दुर्गबहादुर रावत र प्रदेशसभा (ख) मा काँग्रेसका हिक्मतबहादुर विष्ट गठबन्धनका आधिकारीक उम्मेदवार हुनुहुन्छ । यो निर्वाचन क्षेत्रमा नेकपा समाजवादीबाट विश्वराज बमले गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनुभएको छ । हुम्लामा पनि नेकपा (एस) बाट गठबन्धनविरुद्ध उम्मेदवारी परेको छ । हुम्लाको (क) मा माओवादी र (ख) मा कांग्रेसले पाउनेगरी गठबन्धनमा सहमति भएको थियो । प्रदेश (क) मा माओवादी केन्द्रका रन सिंह परियार गठबन्धन दलले उठाएका उम्मेदवार हुनुहुन्छ, भने, समाजवादीका हस्तबहादुर शाही परियारका प्रतिद्वन्द्वी बन्नुभएको छ । समाजवादीका केन्द्रीय सदस्यसमेत रहनुभएका शाही गठबन्धन गर्न मुख्य भूमिका खेल्ने दलमाथि प्रहार भएपछि मित्रवत प्रतिस्पर्धा गर्नुपरेको बताउनुभयो । ‘राजनीतिक फाटो आएको समयमा गठबन्धनको बिजारोपण गराउने हाम्रो दललाई नै पाखा लगाउने काम भएपछि यो अवस्था आएको हो,’ उहाँले भन्नुभयो, ‘हामीले यहाँ पार्टीको जनमतको आधारमा निर्णय गरी पठाएपछि दलले हामीलाई चुनाव लड्न सहमति दिएको हो ।’ हुम्ला (ख) मा नेपाली कांग्रेसले हालका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई गठबन्धनबाट उम्मेदवार बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑