• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ५९ सिटमा कम्युनिस्टविरुद्ध कम्युनिस्ट नै मुख्य प्रतिस्पर्धी

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७९, मंगलवार ०९:२५
  • १९०९

    माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग गोरखा २ मा एमालेका अब्दुस मियाँ प्रतिस्पर्धामा छन् । विवेकशील साझा परित्याग गरेर बसेका मियाँलाई मनोनयनको केही समयअघि पार्टी प्रवेश गराएर एमालेले टिकट दिएको हो । स्थानीय निर्वाचनमा गोरखाका ११ मध्ये नौ पालिका माओवादी र दुई कांग्रेसले जितेको थियो । दुवै दल अहिले एउटै गठबन्धनमा छन् ।

    रौतहट १
    रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमालेका अजयकुमार गुप्ता प्रतिस्पर्धामा छन् । पूर्वप्रधानमन्त्री नेपालसँग चुनाव लडाउने गरी एमालेले गुप्तालाई लोसपाबाट भिœयाएको हो । उनी गौर नगरपालिकाको मेयरमा समाजवादीका शम्भु साहसँग पराजित भएका थिए ।

    इलाम १
    इलाम १ मा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमालेका महेश बस्नेत भिड्दै छन् । बस्नेत पूर्वप्रधानमन्त्री खनालकै पूर्वकार्यकर्ता हुन् । खनाललाई सत्तागठबन्धनको साथ छ । इलाम नगरपालिकाका पूर्वमेयर बस्नेत पहिलोपटक संसद्को निर्वाचन लड्दै छन् ।

    दाङ २
    दाङ २ मा एमाले महासचिव शंकर पोखरेल र माओवादी नेतृ रेखा शर्मा भिड्दै छन् । रेखा पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा होमिएकी हुन् । उनीहरू दुवै यसअघि समानुपातिकबाट सांसद भइसकेका छन् । पोखरेल लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन् ।

    गुल्मी–२
    गुल्मी २ मा एमालेका गोकर्ण विष्ट र एकीकृत समाजवादीकी रामकुमारी भाँक्री चुनावी मैदानमा छन् । ०७४ मा विष्ट निर्वाचित हुँदा उनको चुनावी कमान्डर झाँक्री थिइन् । तर अहिले झाँक्री विष्टको मुख्य चुनौती बनेकी छिन् । एउटै पार्टीमा हुँदा दुवै माधव नेपाल समूहमा थिए ।

    लमजुङ
    लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङ र माओवादीका देव गुरुङ चुनावी मैदानमा छन् । माओवादी महासचिव देवसँग एमाले उपमहासचिव पृथ्वीले चुनाव लड्न चाहेका थिएनन् । तल्ला कमिटीबाट उनले आफ्नो नाम प्रदेशमा सिफारिस गराएका थिए । तर, अध्यक्ष केपी ओलीले प्रतिनिधिसभाको टिकट दिए ।

    रुपन्देही १
    रुपन्देही १ मा एमालेका छविलाल विश्वकर्मा र गठबन्धनको समर्थनमा घनश्याम भुसाल आमनेसामने छन् । उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म एउटै पार्टीमा रहेका उनीहरू मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्तारूढ गठबन्धनले समर्थन गरेको छ ।

    बाग्लुङ १
    बाग्लुङ १ मा जनमोर्चाका चित्रबहादुर केसी र एमालेका सूर्य पाठक प्रतिस्पर्धामा छन् । ०७४ मा माओवादी र जनमोर्चासमेतको मतले पाठक निर्वाचित भएका थिए । अहिले उनको दल एमाले विभाजित भएको छ भने केसी माओवादीसहित सत्तागठबन्धनको साझा उम्मेदवार छन् ।

    ताप्लेजुङ
    ताप्लेजुङमा एमालेका योगेश भट्टराई र माओवादीका खेलप्रसाद बुडाक्षेत्री प्रतिस्पर्धामा छन् । ०७४ मा भट्टराईलाई निर्वाचन जिताउन हिँडेका बुडाक्षेत्री अहिले आफैँ निर्वाचित हुन सत्तागठबन्धनका तर्फबाट मैदानमा उत्रिएका छन् ।

    झापा २ : देवराज घिमिरे र हरिकुमारी रानामगर
    झापा २ मा एमालेका देवराज घिमिरे र माओवादीका हरिकुमार रानामगर भिड्दै छन् । एमाले प्रदेश कमिटी सदस्यबाट राजीनामा दिएर रानामगर माओवादीबाट उम्मेदवार बनेका हुन् । घिमिरे एमाले प्रदेश १ का अध्यक्ष हुन् भने रानामगर अर्जुनधारा नगरपालिकाका पूर्वमेयर हुन् । रानामगरलाई सत्तारूढ दलको साथ छ ।

    भोजपुर : शेरधन राई र सुदन किराँती
    भोजपुरमा एमालेका शेरधन राई र माओवादीका सुदन किराती चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश १ का पूर्वमुख्यमन्त्री राई र निवर्तमान सांसद किराँती अघिल्लोपटक एउटै उठबन्धनमा थिए । यसपटक राई एक्लै निर्वाचनको मैदानमा होमिएका छन् भने किरातीलाई सत्तारूढ दलहरूको साथ छ ।

    मोरङ–४ : विनोद ढकाल र अमनलाल मोदी
    मोरङ ४ मा एमालेका विनोदप्रसाद ढकाल र माओवादीका अमनलाल मोदी चुनावी प्रतिस्पर्धामा छन् । मोदी निवर्तमान सांसद हुन् । मोदीलाई सत्तारूढ पाँच दलको साथ छ ।

    खोटाङमा : विशाल भट्टराई र रामकुमार राई
    खोटाङमा एमालेका विशाल भट्टराई र माओवादीका रामकुमार राई चुनावी प्रतिस्पर्धामा छन् । भट्टराई निवर्तमान सांसद हुन् । अघिल्लोपटक निर्वाचित हुँदा भट्टराईलाई माओवादीको साथ थियो । यसपटक भट्टराईको दल एमाले विभाजित भएको छ भने माओवादीका राईलाई सत्तारूढ पाँच दलको साथ छ ।

    उदयपुर २ : जगन्नाथ खतिवडा र अम्मरबहादुर रायमाझी
    उदयपुर २ मा एमालेका अम्मरबहादुर रायमाझी र एकीकृत समाजवादीका जगन्नाथ खतिवडा चुनावी प्रतिस्पर्धामा छन् । पूर्वसांसद खतिवडालाई सत्तारूढ पाँच दलको साथ छ । अघिल्लोपटक यो क्षेत्रमा माओवादी विजयी भएको थियो । यसपटक माओवादीले एकीकृत समाजवादीका खतिवडालाई समर्थन गरेको छ ।

    सिराहा ३ : लीलानाथ श्रेष्ठ र विश्वनाथ साह
    सिराहा ३ मा एमालेका लीलानाथ श्रेष्ठ र माओवादीका विश्वनाथ साह चुनावी प्रतिस्पर्धामा छन् । निवर्तमान सांसद श्रेष्ठलाई जसपाको साथ छ भने साहलाई सत्तारूढ गठबन्धनको साथ छ ।

    महोत्तरी १ : गिरिराजमणि पोखरेल र लक्ष्मी महतो
    महोत्तरी १ एमालेका लक्ष्मी महतो र माओवादीका गिरिराजमणि पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । पूर्वमन्त्री तथा निवर्तमान सांसद पोखरेलसँग जसपा छाडेर केही समयअघि एमाले प्रवेश गरेका महतो निर्वाचन लड्दै छन् । एमालेबाट टिकट पक्का गरेपछि महतोले जसपा छाडेका थिए । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असइ थमन विक हत्या प्रकरणका अभियुक्त महतोले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका थिए ।

    सर्लाही २ : राजनारायण साह र महिन्द्र राय यादव
    सर्लाही २ एमालेका राजनारायण साह र नेसपाका अध्यक्ष महिन्द्र राय यादव माओवादीको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दै छन् । नेसपाका अध्यक्षसमेत रहेका यादवलाई सत्तारूढ गठबन्धनको साथ छ । एमालेका जिल्ला अध्यक्ष साहलाई जसपाले समर्थन गरेको छ ।

    सर्लाही ३ : हरिप्रसाद उप्रेती र नरेन्द्र साह
    सर्लाही ३ मा एमालेका हरिप्रसाद उप्रेती र माओवादीका नरेन्द्र साह चुनावी प्रतिस्पर्र्धामा छन् । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम, स्वतन्त्र हुँदै अहिले माओवादीमा पुगेका साह गठबन्धनका साझा उम्मेदवार हुन् । उप्रेतीलाई जसपाले साथ दिएको छ ।

    बारा ४ : कृष्णकुमार श्रेष्ठ र एकवाल मियाँ
    बारा ४ मा एमालेका एकवाल मियाँ र एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचन लड्दै छन् । अघिल्लो निर्वाचनमा तनहुँ १ बाट निर्वाचित श्रेष्ठ उक्त क्षेत्र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई छाड्दै बारा ४ पुगेका हुन् । पूर्वमन्त्री श्रेष्ठलाई सत्तारूढ गठबन्धनको साथ छ । मियाँलाई जसपाले समर्थन गरेको छ ।

    दोलखा : बालकृष्ण सिवाकोटी र गंगा कार्की
    दोलखामा एमालेका बालकृष्ण सिवाकोटी र माओवादीका गंगा कार्की चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । माओवादीले पुराना राजनीतिज्ञ कार्कीलाई र एमालेले व्यापारी सिवाकोटीलाई चुनावी मैदानमा अघि सारेको हो । कार्कीलाई सत्तारूढ गठबन्धनको साथ छ । सिवाकोटी एक्लै चुनावी मैदानमा छन् ।

    सिन्धुली २ : मनोजजंग थापा र लेखनाल दाहाल
    सिन्धुली २ मा एमालेका मनोजजंग थापा र माओवादीका लेखनाथ दाहाल चुनावी प्रतिस्पर्धामा छन् । एमाले केन्द्रीय सदस्य थापासँग माओवादीका दाहालले प्रतिस्पर्धा गर्दै छन् । दाहालले पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई पछि पार्दै टिकट लिएका हुन् ।

    धादिङ १ : राजेन्द्र पाण्डे र भूमिप्रसाद त्रिपाठी
    धादिङ १ एमालेका भूमिप्रसाद त्रिपाठी र एकीकृत समाजवादीका राजेन्द्र पाण्डे चुनावी प्रतिस्पर्धामा छन् । विगतमा प्रतिनिधिसभा निर्वाचन उठ्दै आएका राजेन्द्र पाण्डे अघिल्लोपटक मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशमा झरेका थिए । तर, समूहगत समीकरणका कारण सुरुमा उनले त्यो अवसर पाएनन् । एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी बनेपछि उनको मुख्यमन्त्री बन्ने लक्ष्य पूरा भयो । एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे यसपटक प्रतिनिधिसभा निर्वाचनको मैदानमा छन् । उनीसँग व्यक्तिगत रूपमा समेत निकट मानिने त्रिपाठीलाई एमालेले प्रतिस्पर्धी बनाएको छ ।

    नुवाकोट १ : बद्री मैनाली र हितबहादुर तामाङ
    नुवाकोट १ एमालेका बद्री मैनाली र माओवादीका हितबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् । निवर्तमान सांसद तामाङलाई अघिल्लो निर्वाचनमा एमालेको साथ थियो । तामाङसँग प्रतिस्पर्धा गर्न एमालेले मैनालीलाई मैदानमा उतारेको छ । दुवै संविधानसभा र ०७४ को प्रतिनिधिसभा निर्वाचनको अनुभव बटुलेका तामाङ चौथोपटक चुनावी मैदानमा छन् । पहिलोपटक संसद्को निर्वाचन लडेका मैनाली एमालेका जिल्ला अध्यक्ष हुन् । उनी व्यावसायिक पृष्ठभूमिका हुन् ।

    काभ्रे १ : रेशम लामा र सूर्यमान तामाङ
    काभ्रे १ मा एमालेका रेशम लामा र माओवादीका सूर्यमान तामाङ चुनावी प्रतिस्पर्धामा छन् । तामाङ पूर्वमन्त्री हुन् भने लामा पूर्वराज्यमन्त्री हुन् । तामाङलाई सत्तारूढ गठबन्धनको समर्थन छ । लामा एक्लै चुनावी मैदानमा छन् । यो क्षेत्रमा पूर्वप्रदेशमन्त्री चन्द्र लामाले एमालेबाट दाबी गरेका थिए । लामा यसपटक पनि प्रदेशमै उठेका छन् ।

    मकवानपुर २ : विरोध खतिवडा र महेश बर्तौला
    हालसम्म अपराजित एकीकृत समाजवादीका विरोध खतिवडा यसपटक सत्तारूढ गठबन्धनबाट निर्वाचन लड्दै छन् । मकवानपुर २ मा खतिवडाको प्रतिस्पर्धी उनकै पूर्वकार्यकर्ता महेश बर्तौला छन् । यसअघिको निर्वाचनमा खतिवडालाई जिताउन हिँडेका बर्तौला यसपटक आफैँ चुनावी मैदानमा छन् । खतिवडा निवर्तमान सांसद हुन् । विद्यार्थी राजनीतिबाट आएका बर्तौैला संसदीय राजनीतिमा नयाँ अनुहार हुन् ।

    कास्की २ : विद्या भट्टराई र श्रीनाथ बराल
    कास्की २ मा एमालेकी विद्या भट्टराई र एकीकृत समाजवादीबाट श्रीनाथ बराल चुनावी प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा कास्की २ बाट रवीन्द्र अधिकारीलाई जिताउन श्रीनाथ बरालले सम्पूर्ण सामथ्र्य लगाएका थिए । हेलिकोप्टर दुर्घटनामा परी अधिकारीको निधन भएपछि भएको उपनिर्वाचनमा अधिकारीपत्नी विद्या भट्टराई निर्वाचित भइन् । भट्टराईलाई राजनीतिमा ल्याउन र जिताउन भूमिका खेलेका बराल अहिले आफैँ चुनावी मैदानमा छन् । एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य बराललाई वाम–लोकतान्त्रिक गठबन्धनको साथ छ । भट्टराईले यसपटक प्रतिनिधिसभामा उम्मेदवार बन्ने इच्छा राखेकी थिइनन् । उनले प्राज्ञिक क्षेत्रमै फर्किने बताए पनि ओलीले टिकट दिएका हुन् ।

    कास्की ३ : दामोदर बैरागी र रामजी बराल
    एमालेबाट दामोदर बैरागी र माओवादीबाट रामजीप्रसाद बराल चुनावी मैदानमा छन् । माओवादी नेता बराल गण्डकीका बहालवाला अर्थमन्त्री हुन् । बराललाई सत्ता गठबन्धनको साथ छ भने बैरागी एक्लै निर्वाचनमा होमिएका छन् ।

    बाग्लुङ २ : देवेन्द्र पौडेल र मञ्जु शर्मा
    बाग्लुङ २ मा माओवादीका देवेन्द्र पौडेल र एमालेकी मञ्जु शर्मा चुनावी मैदानमा छन् । गत वैशाखमा कांग्रेस छाडेकी मञ्जुलाई एमालेले बाग्लुङ २ बाट टिकट दिएको हो । शिक्षामन्त्री पौडेललाई सत्तारूढ गठबन्धनको साथ छ ।

    पाल्पा २ : सोमप्रसाद पाण्डे र ठाकुर गैरे
    पाल्पा २ मा एमालेका ठाकुर गैरे र एकीकृत समाजवादीका सोम पाण्डे चुनावी मैदानमा छन् । विद्यार्थी राजनीतिबाट स्थापित गैरे यसअघिका निर्वाचनमा पाण्डेको सारथि बन्दै आएका थिए । पाण्डेकै कारण गैरेले संसदीय राजनीतिमा स्थान पाएका थिएनन् । ०५१ देखि हरेक निर्वाचनमा पाल्पा २ बाट पाण्डे उम्मेदवार बनिरहे । पाण्डे मन्त्रीसमेत भए । तर, अहिले पाण्डे एकीकृत समाजवादीमा लागेपछि गैरेले अवसरमा पाएका छन् । पाण्डे एकीकृत समाजवादीबाट र गैरे एमालेबाट पाल्पा २ मा उम्मेदवार छन् ।

    रुपन्देही २ : विष्णु पौडेल र केशव थापामगर
    रुपन्देही २ एमालेका विष्णु पौडेल र र जनमुक्ति पार्टीका केशवबहादुर थापामगर चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगले एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि सत्ता गठबन्धनले जनमुक्ति पार्टीका थापामगरलाई समर्थन जनाउने निर्णय गरेको छ ।

    कपिलवस्तु १ : बलराम अधिकारी र चक्रपाणि खनाल
    कपिलवस्तु १ मा एमालेका बलराम अधिकारी र माओवादीका चक्रपाणि खनाल चुनावी प्रतिस्पर्धामा छन् । खनाललाई सत्तारूढ गठबन्धनको साथ छ । यो क्षेत्रमा कांग्रेसका दीपकुमार उपाध्याय पनि दाबेदार थिए । तर, गठबन्धनमा यो क्षेत्र माओवादीको भागमा परेपछि खनाल चुनावी मैदानमा उत्रिएका छन् ।

    रुकुम पूर्व : कैलाश मल्ल र पूर्णबहादुर घर्ती
    रुकुम पूर्वमा एमालेका कैलाशकुमार मल्ल र माओवादीका पूर्णबहादुर घर्तीमगर चुनावी मैदानमा छन् । माओवादीको आधार इलाकाका रूपमा परिचित यो क्षेत्रमा घर्तीमगरलाई सत्तारूढ गठबन्धनको साथ छ ।

    रोल्पा : वर्षमान पुन र पूर्ण बुढामगर
    रोल्पामा माओवादीका वर्षमान पुन र एमालेका पूर्ण बुढामगर चुनावी प्रतिस्पर्धामा छन् । निवर्तमान सांसद पुनलाई सत्तारूढ गठबन्धनको साथ छ । पुनः पटक–पटक मन्त्री भइसकेका छन् । अघिल्लो निर्वाचनमा एमाले पुनको पक्षमा थियो । अहिले एमालेले पुनविरुद्ध बुढामगरलाई चुनावी मैदानमा उतारेको छ ।

    प्युठान : सूर्य थापा र दुर्गा पौडेल
    प्युठानमा एमालेका सूर्य थापा र जनमोर्चाकी दुर्गा पौडेल चुनावी मैदानमा छन् । अघिल्लोपटक वाम गठबन्धनबाट निर्वाचित पौडेललाई यसपटक सत्तारूढ गठबन्धनको साथ छ । अघिल्लोपटक पौडेललाई निर्वाचित गराउन हिँडेका थापा आफैँ चुनावी मैदानमा छन् । पौडेल जनमोर्चाकी उपाध्यक्ष हुन् भने थापा एमाले पोलिटब्युरो सदस्य हुन् ।

    दाङ १ : शान्ता चौधरी र मेटमणि चौधरी
    दाङ १ मा एमालेकी शान्ता चौधरी र एकीकृत समाजवादीका मेटमणि चौधरी चुनावी प्रतिस्पर्धामा छन् । एमाले र थारू आन्दोलनका समेत सहयात्री मेटमणि र शान्ता यसपटकको निर्वाचनमा आमनेसामने भएका छन् । मेटमणिले एकीकृत समाजवादीबाट र शान्ताले एमालेबाट दाङ १ मा प्रतिस्पर्धा गर्दै छन् । ०७४ को निर्वाचनमा मेटमणिलाई जिताउने अभियानमा शान्ता थिइन् । अहिले भने मेटमणिको प्रतिस्पर्धीका रूपमा शान्ता मैदानमा आएकी छिन् । मेटमणि प्रत्यक्ष निर्वाचित र शान्ता समानुपातिकका निवर्तमान सांसद हुन् । मेटमणिलाई सत्तारूढ गठबन्धनको साथ छ ।

    बाँके १ : सूर्य ढकाल र महेश्वरजंग गहतराज
    बाँके १ मा एमालेका सूर्य ढकाल र माओवादी महेश्वरजंग गहतराज चुनावी मैदानमा छन् । माओवादीका महतराज युवा तथा खेलकुदमन्त्री हुन् । उनलाई सत्तारूढ गठबन्धनको साथ छ । ढकाल एमाले केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज हुन् । उनी एक्लै निर्वाचनमा होमिएका छन् ।

    बर्दिया २ : पंकजसिंह राठौर र सुरेश पन्थ
    बर्दिया २ मा एमालेका पंकजसिंह राठौर र माओवादीका सुरेश पन्थ चुनावी मैदानमा छन् । पन्थलाई सत्तारूढ गठबन्धनको साथ छ । पन्थविरुद्ध एमालेले प्रदेश कमिटी सदस्य राठौरलाई मैदानमा उतारेको छ ।

    सल्यान : प्रकाश ज्वाला र राजेन्द्रवीर राय
    सल्यानमा एमालेका राजेन्द्रवीर राय र एकीकृत समाजवादीका प्रकाश ज्वाला चुनावी मैदानमा छन् । एकीकृत समाजवादीका उपमहासचिव ज्वाला अघिल्लो निर्वाचनमा प्रदेश सभामा निर्वाचित भएका थिए । कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर एमालेमा विद्रोहको बिउ रोपेका ज्वालासँग उनकै पूर्वकार्यकर्तासँग प्रतिस्पर्धा छ । ज्वालालाई सत्तारूढ गठबन्धनको साथ छ ।

    डोल्पा : धनबहादुर बुढा र गणेशबहादुर शाही
    डोल्पामा एमालेका गणेशबहादुर शाही र एकीकृत समाजवादीका धनबहादुर बुढा चुनावी मैदानमा छन् । निवर्तमान सांसद बुढासँग एमालेका शाही प्रतिस्पर्धामा छन् । पार्टी विभाजनपछि बुढा र शाही एकीकृत समाजवादीमा लागेका थिए । प्रतिनिधिसभाको टिकट पाउने भएपछि शाही केही समयअघि एमालेमा फर्किएका थिए ।

    जुम्ला : रतननाथ योगी र गोमा गौतम
    जुम्ला एमालेका रतननाथ योगी र माओवादीकी गोमा गौतम चुनावी प्रतिस्पर्धामा छन् । गौतम दलहरूको तर्फबाट प्रतिनिधिसभामा कर्णाली प्रदेशकै एक्ली महिला उम्मेदवार हुन् । उनलाई सत्तारूढ गठबन्धनको साथ छ । दोस्रो संविधानसभा सदस्य रहेकी उनी कृषि तथा पशुपक्षी विकास राज्यमन्त्रीसमेत भएकी थिइन् । उनीविरुद्ध एमालेले रतननाथ योगीलाई चुनावी मैदानमा उतारेको छ ।

    कालिकोट : महेन्द्रबहादुर शाही र नगीन्द्र शाही
    कालिकोटमा एमालेका नगीन्द्र शाही र माओवादीका महेन्द्रबहादुर शाही चुनावी मैदानमा छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई सत्तारूढ गठबन्धनको साथ छ । एमालेले पूर्वमुख्यमन्त्री, संघीय मन्त्री शाहीविरुद्ध नगीन्द्रलाई मैदानमा उतारेको छ ।

    हुम्ला : दल रावल र छिरिङ डम्डुल लामा
    हुम्लामा एमालेका दल रावल र माओवादीका छिरिङ डम्डुल लामा चुनावी प्रतिस्पर्धामा छन् । रावल कर्णाली प्रदेशका पूर्वमन्त्री एवं निवर्तमान सांसद हुन् । लामा सांसद नभए पनि ६ महिना कर्णाली प्रदेशको मन्त्री भएका थिए । लामालाई सत्तारूढ गठबन्धनको साथ छ ।

    जाजरकोट : शक्ति बस्नेत र नीरज आचार्य
    जाजरकोटामा एमालेका नीरज आचार्य र माओवादीका शक्ति बस्नेत चुनावी मैदानमा छन् । एमाले केन्द्रीय सदस्य आचार्य पहिलोपटक संघीय चुनावको मैदानमा होमिएका छन् । यद्यपि, उनीसँग स्थानीय निकायको जनप्रतिनिधिको अनुभव छ । माओवादीका उपमहासचिव बस्नेत पूर्वमन्त्री र निवर्तमान सांसद हुन् । अघिल्लो निर्वाचनमा आचार्यले प्रदेश सभामा पाएको टिकट अन्तिम समयमा पार्टीले खोसेको थियो । आचार्यले निर्वाचन प्रचारप्रसारकै क्रममा टिकट खोसिएको जानकारी पाएका थिए ।

    दैलेख : रवीन्द्र शर्मा र अम्मरबहादुर थापा
    दैलेखमा एमालेका रवीन्द्र शर्मा र एकीकृत समाजवादीका अम्मरबहादुर थापा चुनावी मैदानमा छन् । थापा एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष हुन् । थापालाई सत्तारूढ गठबन्धनको साथ छ । थापाविरुद्ध एमालेले जोशीलाई चुनावी मैदानमा उतारेको छ ।

    रुकुम पश्चिम : जनार्दन शर्मा र नन्दराम देवकोटा
    रुकुम पश्चिममा माओवादीका जनार्दन शर्मा र एमालेका नन्दराम देवकोटा चुनावी प्रतिस्पर्धामा छन् । अर्थमन्त्री शर्मा निवर्तमान सांसद हुन् । उनी माओवादी उपमहासचिवसमेत हुन् । शर्माविरुद्ध एमालेले देवकोटालाई उम्मेदवार बनाएको छ ।

    अछाम १ : झपट बोहरा र शेरबहादुर कुँवर
    अछाम १ एमालेका झपट बोहरा र एकीकृत समाजवादीका शेरबहादुर कुँवर चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा भीम रावलको नाम एकल सिफारिस भए पनि केपी ओलीले रावललाई टिकट नदिई केही महिनाअघि माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहरालाई टिकट दिएका हुन् । रावललाई टिकट नदिएको विरोधमा एमालेका जिल्लास्तरीय तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका थिए । एमालेमा रहँदा भीम रावलनिकट कुँवर पार्टी विभाजन भएपछि एकीकृत समाजवादीमा लागेका थिए । कुँवर श्रममन्त्री हुन भने बोहरा प्रदेशका पूर्वमन्त्री हुन् ।

    बझाङ : भानुभक्त जोशी र ऐन महर
    बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशी र एमालेका ऐन महर चुनावी प्रतिस्पर्धामा छन् । एकीकृत समाजवादीका स्थायी समिति सदस्य जोशीलाई सत्तारूढ गठबन्धनको साथ छ । पूर्वमन्त्री जोशीसँग उनकै पूर्वकार्यकर्ता महर एमालेबाट प्रतिस्पर्धामा छन् । महर अनेरास्ववियुका पूर्वअध्यक्ष हुन् ।

    डोटी : प्रेम आले र गौरी ओली
    डोटीमा एकीकृत समाजवादीमा प्रेम आले र एमालेकी गौरी ओली चुनावी प्रतिस्पर्धामा छन् । पार्टी विभाजनका वेला आलेले महŒवपूर्ण भूमिका खेलेका थिए । १० बुँदे पक्षधर एमालेमै रहँदा आलेले पार्टी विभाजनका लागि आवश्यक सांसदसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई साथ दिएका थिए । निवर्तमान सांसद तथा मन्त्री आलेसँग एमालेले ओलीलाई प्रतिस्पर्धामा उतारेको हो ।

    कैलाली २ : झपट रावल र भगत बडुवाल
    कैलाली २ मा एमालेका झपट रावल र माओवादीका भगतबहादुर बडुवाल चुनावी प्रतिस्पर्धामा छन् । रावल र बडुवाल दुवै निवर्तमान सांसद हुन् । बडुवाललाई सत्तारूढ गठबन्धनको साथ छ । बडुवाललाई हराएर रावल एमालेको ह्याट्रिक जितको लक्ष्यमा छन् । बडुवाल भने रावललाई हराएर दोस्रोपटक निर्वाचित हुने लक्ष्यमा छन् ।

    कैलाली ३ : गौरीशंकर चौधरी र कृष्ण चौधरी
    कैलाली ३ मा एमालेका गौरीशंकर चौधरी र माओवादीका कृष्णकुमार चौधरी चुनावी प्रतिस्पर्धामा छन् । दोस्रो संविधानसभा निर्वाचनमा माओवादीका ठूला नेताले चुनाव हार्दा गौरीशंकर कैलालीबाट निर्वाचित भएका थिए । ०७४ मा वामगठबन्धनबाट फेरि उनले निर्वाचन जितेका थिए । दुईपटक निर्वाचन जितेका गौरीशंकर माओवादी त्यागेर एमालेमा गएका छन् । उनी अहिले एमालेबाट उम्मेदवार छन् । माओवादीले यसपटक कृष्णकुमार चौधरीलाई उम्मेदवार बनाएको छ । कृष्णकुमारलाई सत्तारूढ गठबन्धनको साथ छ । पूर्वसांसद कृष्णकुमार नयाँ शक्ति, जसपा हुँदै फेरि माओवादीमा फर्किएका हुन् ।

    बैतडी : दामोदर भण्डारी र नरेन्द्र कुँवर
    बैतडी एमालेका दामोदर भण्डारी र माओवादीका नरेन्द्र कुँवर चुनावी प्रतिस्पर्धामा छन् । ०६४ र ०७० मा एक–अर्काविरुद्ध उम्मेदवार बनेका भण्डारी र कुँवर तेस्रोपटक चुनावी मैदानमा आमनेसामने भएका छन् । भण्डारी एमाले प्रदेश अध्यक्ष हुन् भने कुँवर पोलिटब्युरो सदस्य हुन् । कुँवरलाई सत्तारूढ गठबन्धनको साथ छ ।

    कञ्चनपुर १ : विना मगर र तारा लामा
    कञ्चनपुर १ मा एमालेका तारा लामा र माओवादीकी विना मगर चुनावी प्रतिस्पर्धामा छन् । अघिल्लोपटक पनि कञ्चनपुर १ बाट निर्वाचित माओवादीकी विना यसपटक पनि उम्मेदवार बनेकी छिन् । अघिल्लो निर्वाचनमा उनलाई एमालेको साथ थियो । अहिले एमालेसँगै उनको प्रतिस्पर्धा छ । यो क्षेत्रमा एमालेका लामा उम्मेदवार छन् । विनालाई सत्तारूढ गठबन्धनको साथ छ ।

    कम्युनिस्ट र गैरकम्युनिस्ट कति ठाउँ भिड्दै छन् ?
    प्रतिनिधिसभाका १६५ मध्ये ८७ क्षेत्रमा कम्युनिस्ट र गैरकम्युनिस्ट उम्मेदवार मुख्य प्रतिस्पर्धामा छन् । एमाले र कांग्रेस ७९ क्षेत्रमा भिड्दै छन् । त्यस्तै, एमाले, माओवादी र एकीकृत समाजवादीलगायतका कम्युनिस्ट र जसपा, लोसपालगायतका मधेसकेन्द्रित दलबीच आठ क्षेत्रमा प्रतिस्पर्धा हुँदै छ । प्रतिनिधिसभाका १६ क्षेत्रमा गैरकम्युनिस्ट उम्मेदवारबीच भिडन्त हुँदै छ । आठ क्षेत्रमा कांग्रेस र जसपा, चार क्षेत्रमा जसपा र लोसपा, तीन क्षेत्रमा कांग्रेस र राप्रपा तथा एक क्षेत्रमा कांग्रेस र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीबीच मुख्य प्रतिपस्र्धा हुँदै छ । यद्यपि, केही क्षेत्रमा साना दल र स्वतन्त्र उम्मेदवारले पनि ठूला दलहरूलाई चुनौती दिने आकलन छ ।

    तीन क्षेत्रमा यस्तो प्रतिस्पर्धा
    कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार रहेको डडेल्धुरामा एमालेले आफ्ना उम्मेदवारलाई ‘ब्याक’ गराएर कांग्रेस बिपीका कर्ण मल्ललाई र चितवन ३ मा कांग्रेसका बागी दिनेश कोइरालालाई समर्थन गरेको छ । यो क्षेत्रमा माओवादीका भोजराज अधिकारी उम्मेदवार छन् । रौतहट ३ मा प्रभु साह र ओमप्रकाश जैसवाल दुवैले स्वतन्त्र उम्मेदवारी दिएका छन् । साहलाई सत्तागठबन्धन र जैसवाललाई एमालेको समर्थन छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑