• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आफैं हराए शीर्ष नेतालाई हराएकाहरू

  • वीरगंज संजाल
  • १३ कार्तिक २०७९, आईतवार १०:२३
  • १७७३

    वीरगन्ज । एमाले महासचिव मदन भण्डारी २०४८ सालको चुनाव तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाडौंमा हराएपछि शक्तिशाली नेताका रूपमा स्थापित भए। राजनीतिक उचाइ प्राप्त गरे। तर, विभिन्न चुनावमा शीर्ष नेतृत्वलाई पराजित गर्ने धेरै नेता राजनीतिमा आफैं ‘हराए’का छन्। जसले शीर्ष नेतालाई पराजित गरेर चर्चा पाए तर त्यसपछि ओझेलमा प्रायः छन्।

    रोल्पाका झक्कुप्रसाद सुवेदी हुन् या झापाका विश्वदीप लिङदेन। बाँकेका सर्वदेव ओझा हुन् या बर्दियाकी सरला रेग्मी। रौतहटका देवेन्द्रप्रसाद पटेल हुन् या सर्लाहीका शम्भुलाल श्रेष्ठ। सुवेदीले काठमाडौंमा माधवकुमार नेपाल, लिङदेनले झापामा केपी शर्मा ओली, ओझाले बाँकेमा सुशील कोइराला, रेग्मीले बर्दियामा वामदेव गौतम, पटेलले रौतहटमा नेपाल नै, श्रेष्ठले सर्लाहीमा झलनाथ खनाललाई पराजित गरेका थिए।
    काठमाडौंमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पराजित गरेका राजन केसीले भने आफ्नो चुनाव क्षेत्रमा पकड देखाएका छन्। चुनाव जितेका छन्। तर, पार्टीमा प्रभाव कम मात्रै देखिएको छ।

    कता छन् नेपाललाई हराएका सुवेदी ?
    माओवादी नेता झक्कुप्रसाद सुवेदी पहिलो संविधानसभा निर्वाचनमा एमालेका तत्कालीन महासचिव (हाल एकीकृत समाजवादी अध्यक्ष) माधवकुमार नेपाललाई हराएर चर्चामा आए। गृहक्षेत्र काठमाडौं २ मा नेपाललाई रोल्पाका नेता सुवेदीले १ हजार ५ सय ३४ मतान्तरले हराएका थिए। जुन क्षेत्र एमालेको गढका रूपमा चिनिन्थ्यो।

    राजनीतिक यात्रा पुरानै भए पनि त्यस बेला सुवेदी पार्टीको शीर्ष तहमा थिएनन्। नेपाल भने उक्त चुनावमा काठमाडौं र रौतहट दुई क्षेत्रबाट उठेका थिए। तर, उनी दुवै ठाउँमा पराजित हुनुपरेको थियो। देशभर एमालेको नतिजा कमजोर भएपछि महासचिव पदबाट नेपालले राजीनामा नै दिए। तर, संविधान निर्माणमा अभाव खड्किएको भन्दै नेपाललाई संविधानसभामा भिœयाइएको थियो। उनी त्यही अवस्थामा प्रधानमन्त्री बनेका थिए।

    तर, नेपाललाई पराजित गर्ने सुवेदीलाई २०७० को दोस्रो संविधानसभा निर्वाचनमा माओवादीले टिकट नै दिएन। २०७४ सालमा वाम गठबन्धनबाट कमजोर क्षेत्रका रूपमा रहेको काठमाडौं ६ मा उनलाई टिकट दिइएको थियो। उनलाई कांग्रेस नेता भीमसेनदास प्रधानले पराजित गरे। त्यसपछि त उनी राजनीतिमा सक्रिय देखिएका छैनन्।

    जसले रोकेका थिए ओलीको विजय–यात्रा
    माओवादीका तत्कालीन उम्मेदवार विश्वदीप लिङदेन (लिम्बू)ले एमाले नेता (हाल अध्यक्ष) केपी शर्मा ओलीलाई पहिलो संविधानसभा निर्वाचनमा पराजित गरेका थिए। उनै लिङदेन यसपटक झापामा ओलीविरुद्ध कांग्रेसबाट उम्मेदवार बन्न दौडधुपमा लागेका थिए। तर, पार्टीले अर्कै नेतालाई चुनावी मैदानमा उतारेपछि उनी असन्तुष्ट देखिएको कार्यकर्ता बताउँछन्।

    कांग्रेस ५ नम्बर क्षेत्रीय समितिले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा लिङदेनसहित डा. खगेन्द्र पाण्डव अधिकारी, पदम पौडेल, मेदनी सिटौला र महेन्द्राकुमारी सुब्बाको नाम सिफारिस गरेको थियो। कांग्रेसले अन्ततः झापा–५ मा डा. अधिकारीलाई अघि सारेको हो।

    कांग्रेसको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका सदस्य लिङदेनको स्थायी घर दमक नगरपालिका–३ मा पर्छ। २०६४ सालको संविधानसभा चुनावका बेला माओवादीका झापा जिल्ला सचिवालय सदस्य रहेका उनी साबिक झापा क्षेत्र नम्बर ७ मा उठेका थिए। उनले ओलीलाई १ हजार १ सय ४० मतान्तरले पराजित गरे। लिङदेनले १६ हजार ९९ मत ल्याएकोमा ओलीले १४ हजार ९ सय ४९ मत ल्याएका थिए। आफ्नो क्षेत्रबाट विजयको ‘ह्याट्रिक’ गरेका ओली चौथो पटक भने लिङदेनसँग पराजित भएका थिए।

    ओलीलाई हराएर संविधानसभा सदस्य बनेका लिङदेन दमकको जग्गा विवादमा मुछिए। त्यसपछि पार्टीले उनलाई आर्थिक अनुशासन उल्लंघन गरेको आरोपमा कारबाही सिफारिस ग¥यो। पार्टीले उनीविरुद्ध गौरीशंकर खड्काको नेतृत्वमा छानबिन समिति बनायो। तर, छानबिन प्रतिवेदन नआउँदै माओवादी विभाजन भयो। उनी मोहन वैध नेतृत्वतिर लागे। त्यही बेला समितिका संयोजक खड्काको निधन भयो।
    त्यसपछि उनी संघीय समाजवादीमा प्रवेश गरी केन्द्रीय सदस्य बने। २०७४ सालको निर्वाचननजिकै उनले फेरि पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए।

    नेपाललाई रोकेका ती ३४ वर्षे पटेल
    माओवादी केन्द्रका देवेन्द्रप्रसाद पटेलले २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा रौतहट ६ बाट निर्वाचित भए। उनले एमालेका तत्कालीन नेता (हाल एकीकृत समाजवादीका अध्यक्ष) माधवकुमार नेपाललाई १ हजार १ सय ६७ मतान्तरले पराजित गरेका थिए। पटेलले १० हजार १ सय ३३ मत प्राप्त गर्दा नेपालले ८ हजार ९ सय ६६ मत पाएका थिए। नेपाललाई ३४ वर्षको उमेरमा पराजित गरेका पटेलको चर्चा नै चल्यो। जति बेला उनी वाईसीएलका रौतहट जिल्ला संयोजक थिए।

    उनले २०७० सालको चुनावमा भने टिकट पाएनन्। तापनि राजनीतिमा सक्रिय रहे। २०७४ सालको प्रदेश सदस्य निर्वाचनमा रौतहट ४ (१) बाट उम्मेदवार बने। तर, उनी १ हजार ३ सय ३८ मतान्तरले कांग्रेसका धनलाल ठोकरसँग पराजित भए। ठोकरले १३ हजार ६ सय १० मत प्राप्त गर्दा पटेलले १२ हजार २ सय ७२ मत पाएका थिए। पटेलले यसपटक भने टिकट पाएनन्। उनको नाम प्रदेशसभा ४ (१) बाट सिफारिस भएको थियो। पार्टीले आफूलाई टिकट नदिएपछि पटेल असन्तुष्ट देखिन्छन्। माओवादी केन्द्रको पूर्वकेन्द्रीय सदस्यसमेत रहेका उनी प्रदेश कमिटी सदस्य र जिल्ला अध्यक्षको जिम्मेवारीमा छन्। तर, राजनीतिलाई पार्टीका नेताले व्यापार बनाएको भन्दै उनले आक्रोश पोख्न थालेका छन्।

    ‘राजनीतिलाई व्यापार बनाइयो। ठूला नेताको पोल्टामा पुगेको छ’, उनी भन्छन्, ‘चाप्सुली गर्नेले टिकट पाउने तर इमानदारीपूर्वक जनतासँग भिजेर राजनीति गर्नेको भविष्य अन्त्य गर्ने प्रवृत्ति देखिएको छ।’
    उम्मेदवार चयन गर्ने समयमा जनताको चाहनाअनुसार निर्णय गर्न पार्टीलाई आफूले सुझाए पनि बेवास्ता गरिएको उनको गुनासो छ। आफ्नो मान्छे पार्टीको ठूलो पदमा भए मात्रै पार्टीभित्र स्थान र अवसर पाइने कुरा आफूले महसुस गरेको उनी बताउँछन्।

    रौतहटको बृन्दावन–१ बिश्रामपुरका पटेल पार्टीले गलत गरे पनि आफूले गलत नगर्ने भन्दै चुनावी अभियानमा सक्रिय भएर लागेका छन्। पार्टीले गरेको निर्णयलाई स्विकारेर आफू चुनाव प्रचारमा जुटेको पटेलको भनाइ छ।

    कोइरालालाई हराएको ५ वर्षपछि जमानत जफत
    निर्वाचन परिणामका आधारमा कुनै दलको गढ र किल्ला हुन्छ। प्रभावशाली नेताको पकेट क्षेत्र पनि हुन्छ। तर, ‘अस्थिर’ मतदाता रहेको बाँकेमा त्यो सिद्धान्त लागू हुँदैन। यहाँ एउटै निर्वाचन क्षेत्रबाट लगातार कसैले जितेको रेकर्ड छैन।

    सर्वदेव ओझा झन्डै २५ वर्षे सरकारी सेवाबाट तीन महिनाअघि मात्र राजीनामा दिएर मधेसी जनअधिकार फोरमबाट बाँके ३ मा पहिलो संविधानसभा चुनावमा उम्मेदवार बने। ओझाले कांग्रेसका तत्कालीन कार्यवाहक सभापति सुशील कोइरालालाई ८ हजार ९ सय ३१ मत अन्तरले पराजित गरे। कांग्रेसले आफ्नो गढ मान्दै आएको बाँके ३ (हाल बाँके २) मा ओझाले १४ हजार ९ सय र कोइरालाले ५ हजार ९ सय ६९ मत ल्याएका थिए।

    त्यस बेला कोइराला तेस्रो स्थानमा मात्रै आएका थिए। माओवादीका परमानन्द कुर्मीले दोस्रो स्थानमा ६ हजार ९ सय ७० मत ल्याएका थिए। मधेस आन्दोलनको राप र तापसँगै एकाएक चम्किएका ओझा कृषि र महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बने। तर, दोस्रो संविधानसभा निर्वाचनमा भने ओझाको जमानत जफत भयो।

    ‘२०६९ सालदेखि मैले कुनै राजनीतिक दलमा नरहेको घोषणा गरेँ। स्वतन्त्रबाट उम्मेदवारी दिएँ। त्यो मेरो जितहारका लागि थिएन’, उनले अन्नपूर्ण पोस्ट्सँग टेलिफोन सम्पर्कमा भने।
    उनले मात्र ७७ मत पाएका थिए। १० हजार ७ सय ५३ मत ल्याएर विजयी कोइरालाको भने ‘भाग्य’ खुल्यो। उनी पार्टी सभापति निर्वाचित भए। प्रधानमन्त्री बनेर संविधान जारी पनि गर्ने श्रेय पनि कोइरालाले नै पाए।
    बाँकेका मतदाता सैद्धान्तिक कम भएकाले निर्वाचनको परिणाम मतदानको तीन दिनअघि नै तल–माथि हुन सक्ने ओझाको बुझाइ छ। परिणामले पनि त्यस्तै देखाउँछ। २०४८ सालपछिका निर्वाचन परिणामका आधारमा बाँकेलाई अस्थिर मतदाता रहेको जिल्लाका रूपमा चित्रित गरिन्छ।

    बाँके ३ बाट २०४८ मा कोइरालाले जितेका थिए। तिनै कोइराला ०५१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शान्तिशमशेर राणासँग फराकिलो मतान्तरले पराजित भए। २०५६ मा उनी त्यहीं निर्वाचन क्षेत्रबाट निर्वाचित भए। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमका ओझाले जिते। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कोइराला नै विजयी भए।
    त्यसबेला चार निर्वाचन क्षेत्र थिए, अहिले ३ क्षेत्र छन्। साबिकको क्षेत्र नं. ३ अहिले २ मा पर्छ। यो निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचनमा मधेसी जनअधिकार फोरम (जनता समाजवादी पार्टी नेपाल (जसपा)का मोहम्मद इस्तियाक राई निर्वाचित भएका थिए।

    खनाललाई हराउने श्रेष्ठ टिकट नपाएपछि मौन
    दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा सर्लाही १ मा माओवादीबाट उम्मेदवार बनेका थिए शम्भुलाल श्रेष्ठ। उनले एमालेका तत्कालीन नेता (हाल एकीकृत समाजवादीका नेता) झलनाथ खनाललाई पराजित गरे। तर, श्रेष्ठ यसपटक टिकट नपाएपछि चुपचाप बसेका छन्।

    २०४६ सालदेखि नै राजनीतिमा क्रियाशील श्रेष्ठ २०७० सालको चुनावमा कांग्रेसले टिकट नदिएपछि अन्तिम समयमा माओवादी प्रवेश गरी चुनाव लडेका थिए। तर, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि कांग्रेसमै आएर उम्मेदवार बनेका थिए। वाम गठबन्ध हुँदा सर्लाही १ एमालेको भागमा परेको थियो। एमालेबाट धु्रव गौतमले टिकट पाएपछि श्रेष्ठ अन्तिम समयमा कांग्रेसमा लागेका हुन्। त्यस बेला उक्त क्षेत्रबाट राजपाका प्रमोद साह निर्वाचित भएका थिए।

    सर्लाही १ कांग्रेसको पकड क्षेत्र मानिन्छ। तर, गठबन्धनका कारण यसपटक लोसपाको भागमा त्यो क्षेत्र परेको छ। त्यस क्षेत्रका सबै स्थानीय तह कांग्रेस उम्मेदवारले जितेका छन्। दलीय भागबन्डाका कारण कांग्रेसले त्यो क्षेत्र छोड्दा श्रेष्ठ चुपचाप बसेका छन्। उनी गठबन्धका उम्मेदवारसंग चुनाव प्रचारमा पनि लागेका छैनन्।

    राजनीतिलाई व्यापार बनाइयो। चाप्सुली गर्नेले टिकट पाउने तर इमानदारीपूर्वक जनतासँग भिजेर राजनीति गर्नेको भविष्य अन्त्य गर्ने प्रवृत्ति देखिएको छ।
    देवेन्द्रप्रसाद पटेल, रौतहट

    २०६९ सालदेखि मैले कुनै राजनीतिक दलमा नरहेको घोषणा गरें। स्वतन्त्रबाट उम्मेदवारी दिएँ। त्यो मेरो जित–हारका लागि थिएन।
    सर्वदेव ओझा, बाँके

    कांग्रेसको राम्रो मत हुँदाहुँदै पनि पार्टीले टिकट नदिएपछि चुपचाप घरमा बसेको श्रेष्ठको भनाइ छ। ‘स्वतन्त्र उम्मेदवार सहयोग माग्न आएका थिए। उनीहरूलाई शुभकामना दिएर पठाएँ’, उनी भन्छन्, ‘यत्रो जनमत भए पनि पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको एक सिट पनि यस क्षेत्रलाई दिएका छैन। टिकट पाउँछु भन्नेमा ढुक्क थिएँ। तर, अन्तिम समयमा पार्टीको भागमा आफ्नो क्षेत्र नपरेपछि चुपचाप बसेको छु।’ श्रेष्ठ साबिकको पत्थरकोट गाविसमा दुई कार्यकाल अध्यक्ष भएका थिए।

    गौतमलाई हराउने रेग्मी बनिन् स्वतन्त्र
    सशस्त्र द्वन्द्वका बेला माओवादीबाट बाँके–बर्दियाको जिम्मेवारीमा थिइन् नेतृ सरला रेग्मी। उनी अचेल आफूलाई स्वतन्त्र भन्न रुचाउँछिन्। माओवादीभित्र कट्टरपन्थी गुटकी रेग्मीले पार्टीमा इमानदारी र आदर्शमा कुठाराघात भएको महसुस गर्न थालेकी छिन्। तापनि राजनीति गर्ने उनको रहर बाँकी नै छ।

    रेग्मीले संविधानसभा निर्वाचन ०६४ मा बर्दिया १ मा एमालेका तत्कालीन नेता वामदेव गौतमलाई करिब ५ हजार मतान्तरले पराजित गरेकी थिइन्। उनी पार्टी विभाजनपछि मोहन वैद्यतिर लागिन्। केन्द्रीय सदस्य बनिन्। तर, नयाँ पार्टीमा लामो समय बसिनन््। पार्टी फुटेर विप्लव अलग्गिएपछि केही समय उनी विप्लवतिरै लागिन्। त्यहाँ युवाहरूलाई जिम्मेवारी सुम्पेर उनी पार्टीबाट बाहिरिन्।

    ‘राजनीति जरुरी छ। पार्टीमा इमानदारी र आदर्शमा कुठाराघात भएको छ। त्यसैले राजनीतिमा अरुचि भएपछि हिजोआज कुनै दलमा नलागी स्वतन्त्र छु’, उनी भन्छिन्, ‘राजनीतिमा मेरो रहर सकिएको छैन। कुनै बेला पार्टीहरूमा इमान्दारी पाएँ भने फेरि राजनीति गर्छु। पार्टीबाट टाढिएपछि केही समय मानवअधिकारको पक्षमा संस्थागत भएर काम गरेँ। अहिले आफूलाई स्वतन्त्र रूपमै राखेकी छु।’ ०४६–४७ सालदेखि नै बर्दियामा राजनीतिमा लागेकी उनको भनाइ छ।

    बारबर्दिया नगरपालिका–७ हर्नहवा रेग्मीको माइती हो। द्वन्द्वकालको विषम परिस्थिति स्मरण गर्दै उनी भन्छिन्, ‘०५३ सालमा बाँके–बर्दिया सचिवालय सदस्य सम्हालेँ। ०५० सालमा पार्टीमा महिला संगठनको केन्द्रीय सदस्य भएर काम गरेँ। भेरी–कर्णालीअन्तर्गत सुर्खेत, डोल्पाको इन्चार्ज भएर काम गरेँ।’

    टिकट पाउँछु भन्नेमा ढुक्क थिएँ। तर, अन्तिम समयमा पार्टीको भागमा आफ्नो क्षेत्र नपरेपछि चुपचाप बसेको छु।
    शम्भुलाल श्रेष्ठ, सर्लाही

    राजनीतिमा मेरो रहर सकिएको छैन। कुनै बेला पार्टीहरूमा इमानदारी पाएँ भने फेरि राजनिति गर्छु। अहिले आफूलाई स्वतन्त्र रुपमै राखेकी छु।
    सरला रेग्मी, बर्दिया

    राजनीतिमा देखिएको अस्वस्थ तथा दुष्ट प्रवृत्तिका कारण राजनीतिकप्रतिको चासो घट्दै गएको उनी बताउँछिन्। ‘राजनीतिप्रति दिक्क लागेर ५–६ वर्षदेखि स्वतन्त्र रूपमा बसेकी छु’, उनी भन्छिन्, ‘पार्टीहरू सच्चिए भने फेरि राजनीति गर्ने इच्छा छ। राजनीति अपरिहार्य छ। स्वच्छ राजनीति मेरो चाहना हो।’

    प्रचण्डलाई हराएपछि केसीको लगातार जित, पार्टीमा प्रभाव कम
    काठमाडौं १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराएपछि नै कांग्रेसका राजन केसी राजनीतिमा छाएका छन्। विगतमा कम्युनिस्ट गढका रूपमा चिनिने काठमाडौं १० मा केसी जमेका छन्।
    केसीले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री दाहाललाई पराजित गरेका हुन्। केसीले २० हजार ३ सय ९२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी एमालेका सुरेश मानन्धर बन्न पुगे। मानन्धरले १३ हजार ६ सय १५ मत ल्याए। उक्त क्षेत्रमा प्रचण्ड तेस्रो स्थानमा सीमित भए। उनले १२ हजार ८ सय ५२ मत मात्र ल्याएका थिए। उनी २०६४ मा भने उही क्षेत्रबाट विजयी भएका थिए। उक्त क्षेत्र लालकिल्लाकै रूपमा चिनिन्थ्यो। २०७० पछि भने केसीले उक्त क्षेत्रमा प्रभाव जमाएका छन्।

    २०७४ सालमा उनले वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी नेता हितमान शाक्यलाई हराए। २०७९ को स्थानीय निर्वाचनमा पनि क्षेत्र नम्बर १० मा पर्ने दक्षिणकाली, कीर्तिपुर र चन्द्रगिरीमा कांग्रेस उम्मेदवारलाई जिताउन केसीको भूमिका रह्यो। स्थानीय निर्वाचनमा कीर्तिपुरको ‘लालकिल्ला’ तोडियो। केसी यसपटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन्। देशभर सत्तारुढ गठबन्धन भए पनि यो क्षेत्रमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार छन्।

    केसीको प्रभाव पार्टीमा भने दह्रो देखिँदैन। पार्टीको केन्द्रीय सदस्यभन्दा माथि उठ्न सकेका छैनन्। गठबन्धनको साझा उम्मेदवार बन्न नसक्नुले पनि उनको पार्टीमा रहेको प्रभावको आंकलन गर्न सकिन्छ। केसीसँग माओवादी नेतृ अञ्जना विसुंखे र एमालेका युवा नेता हिमेश केसी प्रतिस्पर्धामा छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑