पर्सा । बहुदरमाई नगरपालिका वडा न. ०५ को बर्वा गाऊँमा वीरगंजको परिवर्तन नेपाल फाउन्डेसन संस्था द्वारा छठ पूजाका समाग्री बितरण गरिएको छ ।
परिवर्तन नेपाल फाउन्डेसन संस्थाका अध्यक्ष रणधिर बर्णवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न बएको छ ।
कार्यक्रममा वीरगंजको परिवर्तन नेपाल फाउन्डेसन संस्थाका उपाध्यक्ष नेहा साह, सचिव बिशेष साह, स-सचिव सुजित बर्णवाल, संचालन प्रमुख अतुल कुमार, कार्यक्रम संयोजक राजन साह र नीतू यादव साथै रवि यादवको उपस्तिथि रहेको थियो ।
सहयोगी बर्णवाल युवक संघका अध्यक्ष रबिन्द्र बर्णवाल साथै अरु सहयोगीहरुले समेत सहयोग गरेका थिए ।