वीरगंज । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौंमा पनि सुरु गरिएको छ। तराईका जिल्लामा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा समेत मनाउन थालिएको छ।
यसै अवसर पारेर गौरीघाटमा छठी माताको पूजाका लागि छठ घाट निर्माणको काम भइरहेको छ। छठ पूजा समिति कार्यालयको स्थापना गरेर त्यसको निर्माण कार्यलाई तीव्रता दिइएको हो। काठमाडौंको रानी पोखरी र कमल पोखरीमा भने छठ पूजा नगरिने भएको छ। निर्माण कार्यले पूर्णता नपाएकाले कमल पोखरीमा छठ पर्व यस वर्ष मनाइने छैन।
गहना पोखरी, नाग पोखरी, बागमती नदी किनारामा भने छठी माताको पूजा गर्न सरसफाइ गर्न थालिएको छ। त्यसैगरी पहाडी जिल्लाका कतिपय नदी, किनारा र पोखरीमा पनि यो पर्व मनाउन तयारी थालिएको छ।