वीरगंज । जारी टी–२० विश्वकपमा जिम्बावेसँगको खेलमा पाकिस्तानको पराजयले पाकिस्तानी फ्यानहरु निकै दुखी भएका छन् । पराजयले यसपछि पनि पाकिस्तानको प्रतियोगितामा पुनरागमन गर्ने सम्भावना छ कि छैन भन्ने बहस सुरु भएको छ । जिम्बावेविरुद्धको खेलमा पाकिस्तानलाई अन्तिम बलमा तीन रन चाहिएको थियो तर शाहिन अफ्रिदीले त्यो गर्न सकेनन् र पाकिस्तान पराजित भयो । पहिले मेलबर्नमा भारतसँग हार र अब पर्थमा जिम्बाब्वेविरुद्ध एक रनको हरले पाकिस्तानको अष्ट्रेलियामा एउटै पनि टी–२० अन्तर्राष्ट्रिय खेल जित्न नसकेको कीर्तिमान कायमै छ । भारतले लगाएको घाउ अझै पनि फ्यानहरुको मनमा ताजा थियो र अब अर्को पराजयले पाकिस्तानी टिम र खेलाडीहरुको प्रदर्शनमा टिप्पणीहरुको शृङ्खलालाई तिब्र बनाएको छ । प्राविधिक रूपमा पाकिस्तान अहिलेसम्म प्रतियोगिताबाट बाहिरिएको छैन, तर अहिले सेमिफाइनल पुग्ने सम्भावना न्यून रहेको देखिन्छ । टी-२० क्रिकेटमा १३१ रनको लक्ष्य सामान्य मानिन्छ । त्यो पनि बाबर आजम र रिजवान जस्ता ब्याट्सम्यान भएको टिमका लागि त धेरै सहज हुने अनुमान गरिएको थियो ।
तर, यस खेलमा पनि पाकिस्तानको ओपनिङ जोडी असफल रह्यो । जिम्बाब्वेका बलरहरूले सुरुदेखि नै पाकिस्तानी ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । अन्तिम ओभरमा ११ रन आवश्यक थियो जसमध्ये ८ रन मोहम्मद वासिमले पहिलो तीन बलमा बनाएका थिए । तर, डट बलमा नवाजको विकेट खस्यो र अर्को रन बनाउने प्रयासमा अन्तिम बलमा शाहिन रनआउट भए । यस टी–२० विश्वकपमा १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान समुह २ मा रहेको छ । यस समुहमा भारत आफ्ना दुवै खेल जितेर समूहको शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका र जिम्बाब्वे ३–३ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक पाएका छन् । दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको खेलमा १०४ रनको ठूलो अन्तरले जित हासिल गरेकोले उनको रन रेट राम्रो छ । बंगलादेशले नेदरल्यान्ड्स विरुद्धको खेल जित्दै २ अंक जोडेको चौथो स्थानमा छ । तर पाकिस्तानले अहिलेसम्मका दुवै खेलमा हार बेहोरेर पाँचौं स्थानमा रहेको छ भने नेदरल्यान्ड्स पनि दुवै खेल हारेर अन्तिम स्थानमा छ ।
यस्तो अवस्थामा पाकिस्तान कसरी सेमिफाइनल पुग्छ ? अब पाकिस्तान र भारतले बाँकी सबै खेल जित्नुपर्नेछ । तर यस क्रममा वर्षा बाधक बन्ने सम्भावना उत्तिकै छ । त्यस्तै जिम्बाब्वेले कम्तिमा दुई खेल हार बेहोर्नु पर्छ । पाकिस्तानले अब नेदरल्याण्ड, दक्षिण अफ्रिका, बंगलादेशविरुद्ध)का खेलमा जित हासिल गर्नुपर्छ । तर समूहमा थप उतारचढाव हुने वा खेल वर्षाले प्रभावित हुने सम्भावना उच्च रहेकोले ६ अंक हासिल गर्दा पनि सेमिफाइनल पुग्न पर्याप्त नहुन सक्छ । हुनसक्छ फेरि वर्षाको कारण, टोलीले खेलमा एक एक अंक प्राप्त गर्न सक्छ र सम्भवतः अंक बराबर रहन्छ र कुरा रनरेटमा पुग्छ । यो वर्ष अस्ट्रेलियाको मौसम पूर्वानुमान गर्न निकै गाह्रो भइरहेको छ । पाकिस्तान र भारतबीचको खेल पनि वर्षाका कारण रद्द हुने सम्भावना थियो तर हामीले पूरै खेल भयो । अन्य ठाउँमा भने कम अनुमान गरे पनि पानी परेको छ । सेमिफाइनलमा पुग्नका लागि कप्तान बाबर आजमले आफ्ना बाँकी तीन खेल जित्नुपर्नेछ । जसमा आइतवार नेदरल्यान्ड्स, बिहीबार दक्षिण अफ्रिका र अर्को आइतबार (नोभेम्बर ६) बंगलादेशसँगको खेल समावेश छ । तर, अब यो पाकिस्तानको मात्र हातमा छैन । यदि भारत, जिम्बाब्वे वा दक्षिण अफ्रिकाका दुई टोलीले आफ्नो बाँकी तीन खेलमध्ये दुईमा मात्र जित हासिल गरेमा उसको ६ अंकभन्दा बढी हुनेछ । यस्तो अवस्थामा पाकिस्तानको विश्वकप यात्रा समाप्त हुने छ । तीनवटै खेल जितेर पनि पाकिस्तानले अब बढीमा ६ अंक जोड्न सक्नेछ । यस्तो अवस्थामा नेट रन रेट पनि एक कारक हुन सक्छ । त्यसैले बाँकी तीन खेलमध्ये कम्तिमा एउटामा ठूलो अन्तरले जित हासिल गर्न सके पाकिस्तानलाई अग्रता दिन सक्छ ।