• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    होटल क्राउन प्लाजा घटना : युवतीको हत्या कि आत्महत्या ?

  • वीरगंज संजाल
  • ११ कार्तिक २०७९, शुक्रबार १६:४६
  • ३२८१

    वीरगंज । गत असोज २४ गते काठमाडौँको कमलपोखरीस्थित होटल क्राउन प्लाजामा जल्दै गरेको अवस्थामा एक युवतीको उद्धार भयो । युवतीलाई उद्धार गरेर अस्पताल पुर्‍याएपनि उनको उपचारका क्रममा मृत्यु भयो । युवतीको मृत्यु लगत्तै प्रहरीले युवतीसँगै होटलमा पुगेका बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका २६ वर्षीया केशव रिजाल र होटलका कर्मचारी पदम कुमार श्रेष्ठलाई पक्राउ गरेको थियो । असोज २४ गते दिउँसो अन्दाजी २ बजेको समयमा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बौद्ध महांकाल घर भएकी २३ वर्षीय फिवी खनाल र बाराको जितपुर सिमरा घर भएका २६ वर्षीय केशव रिजाल कमलपोखरीस्थित होटल क्राउन प्लाजामा पुगेका थिए । उनीहरूले होटलमै केही नास्ता र चुरोट पिएको प्रहरीले जनाएको छ । त्यसपछि केशव र फिवी होटलको कोठामा पुगेका थिए । होटलको कोठामा पुगेको केही समयमा नै फिवीको शरीरमा आगो लागेको थियो । शरीरमा आगो लागेपछि सुरुमा होटलको कोठामा सँगै रहेका केशव रिजालले होटलमा रहेको अग्नि नियन्त्रण यन्त्र (फायर इक्सटिनङग्युसर) बाट फिवीको शरीरमा लागेको आगो नियन्त्रणमा लिए । त्यसलगत्तै ट्याक्सीमा राखेर फिवीलाई उपचारका लागि वीर अस्पताल पुर्‍याए । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कीर्तिपुरस्थित वर्न अस्पतालमा थप उपचारका लागि लगियो । उपचारको क्रममा फिवीको असोज २५ गते बिहान मृत्यु भएको थियो । फिवीको मृत्युपछि उनका बुवाले सँगै होटलमा गएका प्रेमी केशव रिजालविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा प्रहरी वृत्त मालीगाउँले सँगै होटलमा रहेका केशव रिजाल र होटलका कर्मचारी पदम कुमार श्रेष्ठ उपर अनुसन्धान गरिरहेको छ । यो पनि क्राउन प्लाजा होटलमा छिरेको १० मिनेटमै युवती जलिन्प्रेमी प्रेमिका थिए केशव र फिवी

    प्रहरीका अनुसार बाराको जितपुर सिमरा नगरपालिका घर भएका केशव रिजाल र बौद्ध महांकाल घर भएकी फिवी खनाल प्रेमी–प्रेमिका हुन् । उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । लामो समयदेखिको प्रेम सम्बन्ध भए पनि केशव र फिवी लकडाउनपछि सम्बन्धमा थिएनन् । तर हालसालै उनीहरू पुनः प्रेम सम्बन्धमा रहेका थिए । फिवी खनाल लामो समयदेखि विभिन्न एजुकेसनल कन्सल्टेन्सीहरूमा काउन्सेलिङको काम गर्ने गर्थिन् । पछिल्लो समय फिवी डिल्लीबजारमा रहेको नेक्स्ट हब कन्सल्टेन्सीमा काम गर्थिन् । बाराका केशव रिजाल भने विभिन्न कन्सल्टेन्सीहरूमा पुगेर उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुकमा जाने विद्यार्थीहरूको बैंकको स्टेटमेण्ट तयार पार्नमा सहयोग गर्नेदेखि उच्च शिक्षामा जाने विद्यार्थीहरूलाई रकम लगानी गर्ने काम गर्थे । कामकै सिलसिलामा केशव र फिवी नजिकिएका थिए भने उनीहरू प्रेम सम्बन्धमा रहेका थिए । तर लकडाउनको समयमा उनीहरुबीच खटपट भएको थियो । त्यसपछि केशवले गत वैशाखमा मात्रै अर्कै युवतीसँग विवाह गरेका थिए । केशवले अन्य युवतीसँग विवाह गरेपछि फिवी र केशव पुनः नजिकिएका थिए । यसै क्रममा दसैँलगत्तै फिवी र केशव कमलपोखरीस्थित होटल क्राउन प्लाजामा पुगेका थिए । तर होटलको कोठामा पुगेको करिब १० मिनेटपछि नै फिवीको शरीरमा आगो लागेको थियो । प्रहरीका अनुसार फिवीको शरीरमा पेट्रोल वा अन्य यस्तै प्रज्वलनशील पदार्थ छर्किएर आगो लगाइएको थियो । फिवीको शरीरमा आगो कसरी लाग्यो प्रहरीले खुलाएको छैन । यद्यपि प्रहरीसँगको प्रारम्भिक बयानमा प्रेमी केशव रिजालले फिवी आफैँले शरीरमा आगो लगाएको बताएका छन् । फिवी आफैँले पेट्रोल ल्याएको र उनले नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएको प्रहरीसँगको प्रारम्भिक बयानमा केशवले बताएका छन् । फिवीले शरीरमा पेट्रोल छर्कदै गर्दा केशव कहाँ के गरिरहेका थिए भन्ने कुरा प्रहरीले खुलाएको छैन । तर फिवीको शरीरमा आगो लाग्ने बित्तिकै केशवले फायर इक्सटिनङग्युसर ल्याएर आगो निभाएका थिए । त्यसलगत्तै फिवी र केशव होटलको प्यासेजसम्म हिँडेरै गएको र त्यहाँबाट ट्याक्सी लिएर वीर अस्पतालमा पुगेका थिए । त्यहाँ पनि उपचार सम्भव नभएपछि फिवीलाई कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो । फिवीको असोज २५ गते बिहान मृत्यु भएको थियो ।

    प्रहरीलाई खबर नै गरिएन असोज २४ गते दिउँसो नै होटलको कोठामै एक युवती जलेको भए पनि सँगै रहेका प्रेमी केशव रिजाल र होटल प्रशासनले प्रहरीलाई खबर गरेको थिएन । वर्न अस्पतालले कीर्तिपुर प्रहरीलाई खबर गरेपछि कीर्तिपुर प्रहरीले प्रेमी केशवलाई नियन्त्रणमा लिएको थियो । तर कहाँ घटना भएको हो भनेर सुरुमा प्रहरीलाई नबताएका केशवले पछि कमलपोखरीको होटल क्राउन प्लाजाको नाम लिएका थिए । त्यसपछि मालीगाउँ प्रहरी वृत्तले घटनाका सम्बन्धमा अनुसन्धान गरेको थियो । अनुसन्धानकै क्रममा प्रहरीले होटलका कर्मचारीलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । आत्महत्या कि हत्या हो भन्नेमा प्रहरी नै अन्योलमा, कर्तव्य ज्यानमा मुद्दा लैजाने तयारी शरीरमा पेट्रोल छर्किएर आगो लगाइएको भए पनि त्यो आत्महत्या हो कि हत्या भन्ने सम्बन्धमा प्रहरीले यकिन गर्न सकेको छैन । त्यस विषयमा अनुसन्धान भइरहेको र अहिले नै यसै भन्न नसकिने प्रहरीले जनाएको छ । छठ लगत्तै अदालत खुलेपछि प्रहरीले अनुसन्धान पश्चात् रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । कर्तव्य ज्यानकै किटानी जाहेरी आएकाले प्रहरीले कर्तव्य ज्यानको कसुरमा मुद्दा लैजाने तयारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार घटनाका सम्बन्धमा अझै पनि अनुसन्धान भइरहेकाले यस विषयमा अहिले नै थप केही बताउन नमिल्ने बताए । मैनालीले भने, ‘जलेर एक युवतीको मृत्यु भइसकेको छ । हामीले होटलको कोठामा सँगै रहेका २६ वर्षीय युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ । अनुसन्धान अब करिब करिब सकिएको छ । छठ लगत्तै हामी यो मुद्दा बुझाउँछौँ । अनुसन्धानको क्रममै भएको कारण थप केही बताउन मिल्दैन ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान
  • बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    News

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    News

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑