वीरगंज । आईसीसी पुरुष टी–२० विश्वकपमा भारतले नेदरल्याण्डलाई पराजित गरेको छ।
सिड्नीमा कात्तिक १० गते भारतले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड ९ विकेटको क्षतिमा पुरा ओभर खेलेर १२३ रनमा समेटिएको हो।
भारतका लागि विराट कोहलीले सर्वाधिक ६२ रन जोडे।
अविजित कोहलीले ४४ बलमा दुई छक्का र तीन चौका प्रहार गरेका थिए। कप्तान रोहित ५३ र सुरेशकुमार यादवले अविजित ५१ रनको योगदान दिए।
दोस्रो जितसँगै ४ अंक सहित भारत समूह बी को शीर्षस्थानमा रहेको छ।