वीरगंज । जाडोमा गाजर र ओखरको बर्फी खान स्वादिलो हुन्छ । यहाँ हामी त्यसको रेसिपी बताउँदैछौं ।
सामग्री : गाजर आधा किलो , घ्यु तीन ठूलो चम्चा ,अलैंची ४ वटा ,सुकेको नरिवल (झुरा पारेको) दुई ठूला चम्चा ,दूध एक कप ,चिनी दुई चम्चा ,ओखर ३ कप ,धूलो दूध दुई चम्चा ,केसर अलिकति
विधि : गाजरलाई खुर्केर मोटोमोटो काट्नुस् । फूड प्रोसेसरमा गाजर र दुई चम्चा दूध राखेर खस्रो पेस्ट बनाउनुस् । एउटा ८ बाई ८ केक टिनमा बटर पेपर राख्नुस् र तेलले चिल्लो बनाउनुस् । मोटो पिँध भएको कराहीमा दुई ठूलो चम्चा घ्यु तताएर गाजर हाल्नुस् र घ्यु राख्नुस् । त्यसलाई ढाकेर मध्यम आगोमा आठ मिनेट जति पकाउनुस् । अब त्यसमा दूध र केसर मिसाउनुस् र ढाकेर सानो आगोमा लगातार चलाइरहेर दूध सुकुन्जेल पकाउनुस् । गाजर पाकुन्जेल ओखरलाई धूलो दूध, अलैंचीको दाना र नरिवलको धूलोसँग मिसाएर पाउडर बनाउनुस् ।
यस मिश्रणमा पानी र दूध सुकेपछि चिनी मिसाएर मध्यम र सानो आगोमा पकाउनुस् । त्यसमा ओखरको धूलो हाल्नुस् । अब त्यसमा एक ठूलो चम्चा घ्यु हालेर मिश्रण गाढा हुन्जेलसम्म पाँच मिनेट पकाउँदै काटेको ओखर मिसाउनुस् । मिश्रणलाई त्यो अघि बनाएको टिनमा राखेर एक समान पत्र बनाउनका लागि थपथप गर्नुहोस् । अब त्यसलाई सेट हुनका लागि तीन घन्टा फ्रिजमा राख्नुस् । बर्फी तयार भयो । मन पर्ने शेपमा काटेर खानुस् ।