• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किशोरकिशोरीको मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?

  • वीरगंज संजाल
  • ९ कार्तिक २०७९, बुधबार ०१:००
  • १६२९

    वीरगंज । धेरैजसो अभिभावकले आफ्नाे बच्चालाई परीक्षण हुँदै गरेकाे नयाँ खाना वा औषधि खान दिने कुरा सपनामा पनि साेच्दैनन् । यस कुराकाे प्रमाण सन् २०२० मा बालबालिका र कोभिड-१९ विरुद्धका खोपहरू माथिको विवादले देखाइसकेकाे छ । समग्रमा भन्दा कुनै कुराकाे दीर्घकालीन प्रभावहरू थाहा नपाई बच्चाहरूमाथि प्रयाेग गर्ने कुरामा अभिभावक सतर्क हुने गरेका छन् ।तर बच्चाहरुकाे माेबाइल फाेनकाे प्रयाेग गर्ने बानीमा भने अभिभावकहरूले पनि सतर्कता नअपनाइरहेकाे अवस्था छ । बच्चाहरु खाना खाँदा, विद्यालयबाहेक घरमा भएका बेला माेबाइलमा नै झुम्मिने बानीमा अभ्यस्त बन्दै गइरहेका छन् ।हालसम्म सामाजिक सञ्जालको दीर्घकालीन प्रभावबारे धेरैले ख्याल नै गरेका छैनन् । यसबारे अनुसन्धान पनि कमै भएका छन् । बालबालिकाहरूकाे सामाजिक सञ्जालकाे फिड, मेसेज र विशेषगरी पछिल्लाे समय चर्चामा रहेकाे टिकटकले पार्ने प्रभावमा निकै कमै मात्रामा अनुसन्धान भएका छन् । तर ती सबै अनुसन्धानले अभिभावकहरु बच्चाले प्रयाेग गर्ने सामाजिक सञ्जालमा खुसी रहेकाे देखाएका छन् ।पछिल्लाे समयमा टिकटक लगायत विभिन्न सामाजिक सञ्जालमा बालबालिका र किशाेरकिशाेरीकाे उपस्थिति बाक्लिँदै गइरहेकाे छ । हालै मात्र टिकटककाे सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक प्रभावहरू र यसकाे उदयजस्ता विषयहरु समेटेर ‘टिकटक बुम’ नामक नयाँ वृत्तचित्र निर्माण भएकाे छ ।

    यस वृतचित्रका निर्देशक शालिनी कान्तेय (कोडेड बायस) ले चिनियाँ एआई कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको सामाजिक सञ्जाल टिकटकले किशोरकिशोरीहरूको मानसिक स्वास्थ्यलाई कसरी असर गरिरहेको छ भन्न‍े विषय राम्राेसँग देखाएकी छन्, जुन विषयमा हालसम्म निकै कम वा विश्वसनीय अनुसन्धान गरिएकाे थिएन ।उनले उक्त वृत्तचित्रमा टिकटककाे विश्वव्यापी राजनीतिक चुनौतीहरू र यसले सामना गर्ने जातीय पूर्वाग्रहहरू समेत केलाएकी छन् । उनले आफ्नै याेजनामा यस वृत्तचित्रमा काम गरेकी बताउँछिन् । “मैले काेराेना महामारीका बेलामा टिकटक प्रयाेग गर्न थालेँ । यसकाे लत देखेर म चकित र डराएकाे छु,” कान्तेय भन्छिन्, “किशाेरकिशारीहरुले नाच्‍नका लागि प्रयाेग गर्ने एप राष्ट्रिय सुरक्षा विवादमा तानिएपछि मेराे ध्यान झन् टिकटकले तान्याे । यस घटनापछि नै मैले वृत्तचित्र बनाउन थालेकाे हुँ ।”पछिल्लाे समयमा टिकटककाे प्रयाेग किशोरकिशोरीहरूका लागि दैनिकी बन्दै गइरहेकाे छ । ‘प्यू रिसर्च सेन्टर’ ले गरेकाे एक अध्ययनका अनुसार दुई तिहाई किशोरकिशोरीहरुले आफ्नाे प्रिय सामाजिक सञ्जाल टिकटक एप रहेको बताएका छन् । साथै तीमध्ये १६ प्रतिशतले यसलाई लगातार रुपमा प्रयोग गर्ने गरेको बताएका छन् ।

    तर लोकप्रियताको बावजुद टिकटक शंकाको घेरमा धेरै परेकाे छ । सन् २०२० मा अमेरिकी संघीय सरकारले यसलाई प्रतिबन्ध लगाउने बताएकाे थियाे । त्यस्‍तै तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनी भएकाले यसलाई राष्ट्रिय सुरक्षाको लागि खतरा भनेका थिए ।“इन्स्टाग्रामले आफ्नाे टेक्नोलोजी, एल्गोरिदमले बालबालिकामा ‘इटिङ डिसअर्डर’, एन्‍जाइटी तथा डिप्रेसन निम्त्याइरहेको छ भन्ने थाह हुँदाहुँदै पनि दुई वर्षसम्म डेटा लुकाएकाे थियाे,” उनी भन्छिन् । धेरैजसाे अभिभावकहरु आफ्नाे बच्चाले कुन एपमा कति डेटा खपत गरे भन्ने बारेमा अनविज्ञ हुने गरेकाे उनले बताएकी छिन् । “जब टिकटक जस्ता कम्पनीले १० वर्षे, १८ वर्षे बालबालिकाका बारेमा डेटा सङ्कलन गर्न थाल्छ, त्यो एल्गोरिदमलाई अभिभावकले भन्दा बालबालिकाका बारेमा धेरै थाह पाउने हुन सक्छ ।” उनी भन्छिन् ।, “र त्यो शक्तिको अविश्वसनीय मात्रा रहेकाे छ ।”अब हामी भन्दा अर्को पुस्ता हाल भइरहेकाे वेब वाइल्ड वेस्टमा नहुर्किने उनकाे तर्क छ । “मलाई लाग्छ अहिलेकाे बालबालिकाले प्रयाेग गरिरहेकाे सामाजिक सञ्जाल एक विशाल र अनियन्त्रित प्रयोग हो ।” उनले यस कुराकाे डरलाग्दाे पाटाेबारे भन्छिन्, “यो हाम्रो मानवतामा आइरहेकाे भूकम्पीय परिवर्तन हो । र हामी अहिले भइरहेको याे परिवर्तनको लागि तयार छैनौं ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑