• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डेंगु विरामीलाई प्लेटलेट्स भनेर जुस दिइएपछि भारतमा एक जनाको मृत्यु

  • वीरगंज संजाल
  • ९ कार्तिक २०७९, बुधबार ११:२६
  • १६०१

    वीरगंज । भारतको प्रयागराजका प्रदीप पाण्डेलाई डेंगु भएपछि ग्लोबल हस्पिटल र ट्रमा सेन्टर नामक अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकले पाण्डेको रगतमा १३ हजार प्लेटलेट मात्र बाँकी रहेको बताए । उनलाई तुरुन्तै ८ युनिट प्लेटलेट दिनुपर्ने र त्यसको व्यवस्था गर्न भनियो । मृतकका आफन्तले पछि बताए अनुसार- सूरमा एक ब्लड बैंक(एसआरएन)बाट तीन युनिट प्लेटलेट ल्याइएको थियो । बिरामीलाई यो दिँदा केही भएको थिएन । पछि ग्लोबल अस्पताल आफैले पाँच युनिट प्लेटलेट खरिद गरेको थियो । त्यो दिएपछि भने बिरामीको अवस्था नाजुक भयो । परिवारजनले विरामीलाई अर्को अस्पताल लगे, तर त्यसबेला बिरामीको हातको नसा फुटेर उनको निधन भयो । पछि बाँकी रहेको एक युनिट प्लेटलेटको ल्याब परिक्षण गर्दा त्यसमा प्लेटलेटको सट्टा केमिकल र मौसमको जुसले भरिएको पाइयो । सामान्यतया प्रति माईक्रोलिटर रगतमा १.५ लाख देखि ४.५ लाख प्लेटलेट्स हुनुपर्छ । योभन्दा बढी वा कम प्लेटलेट्स हुनु स्वास्थ्यका लागि राम्रो होइन ।

    प्लेटलेट कम हुँदा के समस्या हुन्छ ?
    प्लेटलेटको कमीलाई ‘थ्रोम्बोसाइटोपेनिया’ भनिन्छ । कम प्लेटलेट्स काउन्टका प्रमुख लक्षणहरूमा सरिरका घाउचोट निको नहुनु, घाउबाट आउने रगत नजम्नु, गिजाबाट बारम्बार रगत बग्नु, नाकबाट रगत बग्नु आदि हुन् । प्लेटलेट्स कम भएमा आन्तरिक रक्तस्राव अर्थात् शरीरको भित्री अंगमा रगत बग्ने खतरा पनि हुन्छ । यो अवस्थाबाट बच्न बिरामीलाई प्लेटलेटहरू दिइन्छ।

    डेंगुमा प्लेटलेट्स किन घट्छ ?
    डेंगु हुँदा त्यसको भाईरसले मानव शरीरको ‘बोन म्यारोमा’ आक्रमण गर्छ । हाम्रो शरीरको यही भागमा प्लेटलेट्स बन्ने भएकाले त्यसमा असर पछि उत्पादनमा असर पर्छ । त्यसैले डेंगु हुँदा प्लेटलेट्स कम हुन्छ । कम प्लेटलेट्स भएपछि माथि भनिएझैं नाक र गिजाबाट रगत बग्ने, दिसा र पिसाबबाट रगत आउने, महिलाहरूमा महिनावारीको समयमा धेरै रगत आउने, छालामा दागहरु आउने समस्या देखिन्छ । कहिलेकाहीँ विरामीलाई आन्तरिक रक्तस्रावको जोखिम पनि हुन्छ, जसले व्यक्तिको ज्यानसमेत जान सक्छ ।

    कसलाई आवश्यक हुन्छ प्लेटलेट्स ट्रान्सफ्युजन ?
    तर अध्ययनले डेंगुका बिरामीमध्ये ५ प्रतिशतलाई मात्रै प्लेटलेट्स ट्रान्सफ्युज गर्नुपर्ने देखाएको छ । भारतमा डेंगु विरामीमाझ भएको अध्ययनमा डेंगुबाट पीडित ९० प्रतिशत बिरामीको प्लेटलेट काउन्ट १ लाखको हाराहारीमा रहेको पाइएको छ । त्यस्तै १०–२० प्रतिशत बिरामीमा मात्रै २० हजार वा सोभन्दा कम प्लेटलेट रहेको छ । यस्ता बिरामीहरूलाई अस्पतालमा भर्ना गर्नुपर्छ तर यिनलाई निगरानीम राखिए पनि सबैलाई प्लेटलेटहरू ट्रान्सफ्युज आवश्यक पर्दैन । कुल विरामीको जम्मा ५% बिरामीलाई मात्रै आन्तरिक रक्तश्राव वा अन्य समस्या उत्पन्न हुने भएपछि प्लेटलेट ट्रान्सफ्युजन आवश्यक हुन्छ । बाँकी बिरामी केही दिनपछि डेंगु आफै निको हुन्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑