वीरगन्ज । वलिराजाले पठाएका भनेर मानिने टोल छिमेकका पुरुषहरूको यो साङ्गीतिक दस्ता जसलाई देउसी भनिन्छ अनि यिनीहरूले गाउने अनि प्रस्तुत गर्ने साङ्गीतिक कोसेली, जसलाई देउसी भनिन्छ ।
देउसीमा एक जना भट्ट्याउने व्यक्ति हुन्छन्, सामान्यतया भाका, स्वर अनि छन्दमा यी भट्ट्याउने व्यक्ति जानकार हुन जरुरी छ । केही देउसीका सर्वप्रिय भाकाहरू बाहेक धेरै अन्य पक्तिंहरु परिस्थितिपरक हुन सक्छन्, कहिलेकाहीँ देउसीको अपेक्षाअनुरूप देउसीको दक्षिणा नपाउँदा चाहिँ
यो घर हेर्दा सिँहदरवार जस्तो
आँगन हेर्दा टुँडिखेल जत्रो
दक्षिणा हेर्दा माग्नेलाई जस्तो
आदिजस्ता पक्तिंहरु अनि
केराको थम्बा
हामी यति जना भाइ जम्मा
झिलिमिली झिल्ला
ताते रोटी मिल्ला जस्ता पत्तिंहरु हामी मध्य धेरैको बाल्यकालसँग जोडिएको होला ।
देउसी दिएको आशिषले साच्चीकै विशेष मान्यता राख्दछ,
यसपाला आउँदा जस्ताको छाना
अर्को साल आउँदा पक्काको छाना
त्यसपछि आउँदा चाँदीको छाना
त्यसपछि आउँदा सुनको छाना
यो घरैका केटा केटी
दुवो मौलाजस्तै मौलाइमा रहुन् जस्ता आशिषहरु साँच्चीकै समय सान्दर्भिक छन् । वास्तवमै हामी सबैलाई देउतेले दिएको आशिष् लागोस्, सद्भाव बढोस् । आजको दिन रिस राग सबै भुलेर छरछिमेकको घरमा देउसी खेल्न जाने र सद्भाव बढाउने चलन छ । देउसीबाट उठेको रकमले कुनै सामाजिक कार्य गर्ने या बाँडेर लिने या वनभोज जाने पुरानो रीति नेपाली समाजमा पुस्तौँ पुस्ताले दोहोर्याइरहेको छ । आजको दिनको हार्दिक शुभकामना ।