वीरगंज । पर्साको क्षेत्र नम्बर १ को चुनावी प्रतिष्पर्धा यपालि निक्कै रोचक हुने देखिएको छ । बजारका चोक, चिया पसलमा यहाँको चुनावी परिणाम के हुने हो भन्ने बारे अहिलेदेखि नै चर्चा परिचर्चा सुरु हुन थालेको छ । यस क्षेत्रमा प्रतिनिधीसभा सदस्यका लागि पार्टीगत र स्वतन्त्र गरी २१ जनाको उम्मेदवारी परेको छ । उमेदवारी २१ जनाको परेपनि प्रतिस्पर्धा भने त्रिपक्षीय हुने निश्चित छ । २०७० को दोस्रो संविधानसभाका लागि भएको निर्वाचनमा एमालेका उम्मेदवार विचारी यादवसँग पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादव पराजित भएका थिए । यिपलि पनि अजय दुवेदि संघको प्रतिशपर्दामा पराजित नैहुने छ्न कि ? पनि कुरा चलन थालेको छ । अहिलेका मतदाता पार्टी भन्दा उम्मेदवार हेरेर मत दिने बढेका छन् । विगतमा पार्टीकै पक्षमा मतदान गर्नेहरु अब भने उम्मेदवारको योग्यता र क्षमता हेरेर मत दिन थालेको तथ्य गत स्थानीय तहको निर्वाचनमा आएको परिणामले संकेत गरिसकेको छ । त्यसमाथि क्षेत्र नम्बर १ का मतदाता चलायमान रहँदै आएको विगतको परिणामले पनि देखाएको छ ।अजय दुवेदि फराकिलो अन्तरका साथ अघि बढै देखिन्छ।
दुवै गठबन्धन माथि अजय द्विवेदी भाडि पर्दै गठबन्धनलाई चुनौति दिँदै छ्न । बागी उमेदवार उठेका अजय द्विवेदी लाइ गठबन्धन भित्रबाट धेरै कार्यकर्ताले सहयोग गरिरहेका छ्न । गठबन्धनमा रहेको कांग्रेसका जिम्मेवार नेताहरु पनि द्विवेदीको पक्षमा मत माग्दै हिँडिरहेका छ्न । द्विवेदीको मत माग्दै यहाँका काँग्रेस महाधिवेशन प्रतिनिधि, पार्टीबाट स्थानीय तहमा जितेका कार्यपालिका सदस्यहरु पनि हिँडिरहेका छन् । अर्को जसपा एमाले गठबन्धनमा पनि अन्तर्घात हुने कताकतै सुनिने गरेको छ । दुबै गठबन्धनका असन्तुष्ट र अन्य मतदाताको मनमा पनि बागी उम्मेदवार द्विवेदीनै अगाडि भएको देखिन छ । त्यसैले यस पटकको चुनाव निकै रोचक देखिन्छ ।
बागी उम्मेदवार द्विवेदी भने जितको आधार सत्ता गठबन्धनको मत नै भएको बताउँछन् । ‘सत्ता गठबन्धनको मत कर्णलाई जाँदैन,’ उनी भन्छन्, ‘लामो समयसम्म मैले पार्टीप्रति देखाएको इमान्दारिताको मूल्यांकन मतदाताले गर्ने छन्, गठबन्धनेको मत पनि मलाई नै आउने छ ।’यस्तै अर्को गठबन्धनमा पनि थुप्रै असन्तुष्ट मतदाताले आफूलाई नै मत हाल्ने उनी बताउँछन् । ‘अर्को गठबन्धनका थुप्रै असन्तुष्ट मतदातालाई मैले भेट्दा उहाँहरु पनि मलाई नै मत हाल्न सम्तयार हुनुभएको पाएँ,’ यसले जितको झनै सुनिश्चितता गरेको छ ।गठबन्धनले राजनीतिलाई बन्धक बनाइदिएको तर्क गर्दै उनले लोकतान्त्रिक सिद्धान्तको विरुद्धमा गरिएको गठबन्धन मतदाताले मान्नु पर्छ भन्ने नरहेको बताए ।