• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा बाराका पेन्ट उधोगहरुको लापरवाहीले बालबालिकाको ज्यान जोखिममा

  • वीरगंज संजाल
  • ७ कार्तिक २०७९, सोमबार ११:०३
  • २२०१

    वीरगंज । लेड (सिसाको कण) विषबाट बचावटका लागि सचेतना सप्ताह २०७९ वीरगन्जबाट आईतबार शुभारम्भ गरिएको छ । जनस्वास्थ्य तथा वातावरण केन्द्र (सिफेड)ले विश्व स्वास्थ्य संगठन , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ,राष्ट्रिय स्वास्थ्य शिक्षा र सुचना तथा संचार केन्द्रको सहयोग तथा सुर्योदय युवा क्लबको सहकार्यमा लेडको विषबाट बचावटका लागि अन्र्तराष्ट्रिय सचेतना सप्ताह, कार्तिक ६ देखी १२ गते सम्म मनाउने क्रममा आइतबार वीरगन्जको होटल भिश्वामा नेपालमा पेन्ट्समा लेडको मापदण्ड प्रभावकारी कार्यान्वयनमा सम्बन्धित कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा मधेस प्रदे्रश अन्तर्गतको बारा पर्सा औधोगिक कोरिडोरमा रहेका करीब १४ वटा पेन्ट्स उधोग मध्ये ३३ प्रतिशत भन्दा बढी उधोगमा अझ सरकारले तोकेको मापदण्ड भन्दा बढी लेड पाईएको तथा त्यस आसपासका क्षेत्रमा बसोबास रहेका खासगरी करीब ५० जना बालबालिकामा गरेको परीक्षणमा शतप्रतीशत अर्थात ५० जना बालबालिकाको रगतमा नै लेड(सिसाको कण) रगतमा भेटीएको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र काठमाडौका कार्यकारी निर्देशक एव् वातावरण बैजानिक राम चरित्र साहले जानकारी दिए । यो एकदमै चुनौतीपुर्ण तथा जोखीमयुतm अवस्था रहेको पनि उनले बताए ।

    नेपालमा पाइने पेन्ट्समा प्राण घातक रसायन (लेड)को मात्रा अत्याधिक भएको पाइएको जनाईएको छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र, (सिफेड) काठमाण्डौंले पर्सा बारा औधोगिक कोरिडोरमा हालै सम्पन्न गरेको एक सर्वेक्षणमा यस्तो पाइएको हो । डाल्मिया , तारा लगायतका पेन्ट उधोगहरुमा मापदण्ड भन्दा बढी लेड सबै भन्दा बढी पाईएको साहले बताए । मधेस प्रदेशबाट १४ वटा उधोगको नमूना लिईएकोमा १२ वटामा मापदण्ड भन्दा बढी लेड पाईएको साहले जानकारी गराए । विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यमा असर पार्ने १० रसायनहरु मध्ये लेडलाई एक प्रमुख रसायनको रुपमा पहिचान गरेको छ । लेडको सम्पर्कबाट विश्वमा बर्षेनी करिब १० लाख मानिसको मृत्यु हुने गरेको तथ्याङक छ । वीरगन्जका बरीष्ठ बालरोग विशेषज्ञ डाक्टर शैलेश ठाकुरले पेन्ट्स , चकलेट लगायत अन्य विभिन्न खानेकुरा ,सामाग्रीमा पाईने सिसायुतm कण लेडका कारण मानिस र खासगरी गर्भवती र बालबालिकालाई लिभर , किड्नी लगायतमा असर पारीरहेको बताए । उनले बालबालिकाको शरीर कमजोर हुने भएकोले लेड शरीरमा गएपछि दीर्घरोकालिन रुपमा स्वास्थ्य समस्या निम्त्याउने गरेकोले यसको नियन्त्रण हुन आवश्यक रहेको बताए । उनले बालबालिकाको आनिबानीमा पनि केही सुधार ल्याउनुका साथै त्यस्ता लेड भएका हरेक सामाग्रीमा बन्देज लगाउने तथा आयातमा कडाई गर्न जरुरी रहेको पनि बताए । सरकारले २०७१ साल पुष ७ गते प्राण घातक रसायन लेड (शीसायुक्त) सम्बन्धि मापदण्ड बनाई राजपत्रमा प्रकाशित गरेको थियो । तर, उक्त मापदण्ड सार्वजनिक भएको वर्षाै लाग्दा पनि नेपालमा विक्री वितरणमा रहेका इनामेल र पेन्ट्समा मापदण्ड विपरित बढि (लेड) रसायन पाइएको छ । वीरगन्जको जेन पेन्ट्समा लेडको मात्रा मापदण्ड भन्दा बढी पाईएको बैज्ञानिक साहले बताए ।तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरीष्ठ चिकित्सक डाक्टर भतm बहादुर केसीले जनता आफै पनि सचेत र चनाखो हुन जरुरी रहेकोले सरकारले दिएको अधिकार खासगरी स्थानीय सरकारले यसका नितिगत कार्यान्वयनमा ध्यान दिन पर्ने अवस्था रहेको बताए ।

    यसका लागि ऐन, कानून, नीति, नियमावली र निर्देशिकाहरुमा लेड पेन्टसम्बन्धी मापदण्डको उचित समायोजन गर्ने÷गराउनुका साथै पेन्टमा तोकिएको लेडको मापदण्डअनुसार लेडको अधिकतम मात्रा ९० पि.पि.एम.हुनुपर्ने, बट्टामा लेडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धि साबधानी मूलक सन्देश अनिवार्य उल्लेख गर्नुपर्ने प्रावधानहरुको पुर्ण परिपालनामा जोड दिनुपर्ने बैज्ञानिक साहको भनाई छ । यसका साथै आफ्नो पेन्ट्समा लेडको अवस्था सुधार गर्ने प्रयासमा रहेका वीरगञ्जका पेन्ट्स उधोगहरुले आफ्नो उत्पदानमा लेडको मात्रा मापदण्ड अनुसारको गर्ने प्रयासमा रहेको बताएका छन् । उधोग विभागको तथ्यांक अनुसार १ सय ३० वटा पेन्ट उधोग दर्तामा रहेका छन् । जसमध्ये करीब ४० वटा उधोगको उत्पादन मात्रै बजारमा भेटीएको साहले जनााए ।मधेश प्रदेश अन्तर्गत करीब १० वटा पेन्ट्स उधोगहरु छन् । एउटा बहुराष्ट्रिय कम्पनी रहेको छ भने बाँकी राष्ट्रिय कम्पनीहरु नै छन् ।सुर्योदय युवा क्लबका अध्यक्ष राम अयोध्या प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुडाल , वीरगन्जका वरीष्ठ बालरोग विशेषज्ञ डाक्टर शैलेश ठाकुर , मधेस प्रदेशको उधोग ,पर्यटन तथा वन मन्त्रालयकी उप सचिव अन्जना कायस्थ ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ चिकित्सक डाक्टर भतm बहादुर केसी , विश्व स्वास्थ्य संगठन नेपालका वरिष्ठ कार्यक्रम अधिकृत राजाराम पोटे श्रेष्ठ , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले मन्तव्य व्यतm गरेका थिए । साभाल : मधेशखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    News

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑