• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आकासियो रातो आलुको मूल्य, धार्नीकै ३०० रुपैयाँ

  • वीरगंज संजाल
  • ६ कार्तिक २०७९, आईतवार १५:२८
  • २१७३

    पछिल्लो एक सातायता नयाँ आलु बजारमा आएको छ । मुढेको आलु र भारतीय आलु प्रयोग गरिरहेका उपभोक्ताले करिब एकहप्ता यता नेपालकै नयाँ रातो आलु बजारमा सहजै किन्न पाउँछन् । बजारमा रातो आलुको उपलब्धता निकै नै छ, तर यसको मूल्य भने धानी नसक्नुको रहेको छ ।नयाँ रातो आलुको मूल्य दिनदिनै बढ्दै गइरहेको उपभोक्ताहरू सुनाउँछन् । अस्ति एक धार्नी रातो आलुको २६० रुपैयाँ थियो, अहिले ३ सय पुगिसकेछ’, मंगलबजारका एक उपभोक्ता बताउँदै थिए । ललितपुरको मंगलबजारमा मात्रै हैन, काठमाडौंका विभिन्न बजारमा पनि रातो आलुको मूल्य निकै महँगो छ । अझै भन्ने हो भने भारतीय आलु र मुढेको आलुको मूल्यको तुलनामा रातो आलुको मूल्य दोब्बरजस्तै देखिन्छ ।

    कालिमाटी तरकारी तथा फलफूल विकास बोर्डका अनुसार, रातो मुढे आलु प्रतिकेजी ७५ रुपैयाँदेखि ८० रुपैयाँसम्ममा किनबेच भइरहेको छ । यस्तै भारतीय रातो आलुको मूल्य ४२ रुपैयाँ प्रतिकेजीदेखि ४५ रुपैयाँ प्रतिकिलोसम्म रहेको छ । यस्तै, सेतो आलुको मूल्य प्रतिकिलो ७५ देखि ८० रुपैयाँसम्म रहेको छ । बोर्डका अनुसार, नयाँ रातोआलुको होलसेल मूल्य भने प्रतिकिलो ९२ रुपैयाँदेखि ९५ रुपैयाँसम्म रहेको छ । यो मूल्य त होलसेल मूल्य हो । लोकल बजारमा रातो आलुको मूल्य धार्नीकै ३ सय रुपैयाँसम्म पुगेको छ । बजारमा पनि पसलपिच्छेको फरक मूल्यले उपभोक्ता आजित बनिरहेका छन् । तिहारका आलु किन्नेहरूको भीड बजारमा देखिन्छ । तर, आलुको मूल्यमा भएको महँगीले यसपाली तिहार थप महँगिएको उपभोक्ताहरू गुनासो गर्छन् ।

    रातो आलुको मूल्य किन यति धेरै ?
    बजारमा रातो आलुको मूल्य महँगो भएको गुनासो आए पनि तरकारी व्यवसायीहरू यो मूल्य स्वभाविक भएको सुनाउँछन् । व्यापारीहरूले नयाँ आलु भएको र यसको उपलब्धता कम रहेकाले मूल्य बढी परेको दाबी समेत गर्छन् । यता, कालिमाटी तरकारी तथा फलफूल विकास बोर्डका सूचना अधिकारी विनय श्रेष्ठले पनि नयाँ रातो आलुको मूल्य स्वभाविक रूपमा बढी भएको सुनाए । लोकान्तरसँग उनले भने, ‘रातो आलु नयाँ हो, केही दिन यसको मूल्य बढी नै हुन्छ ।’श्रेष्ठका अनुसार, नयाँ रातो आलु काभ्रेबाट आएको हो । नाला क्षेत्रतर्फबाट अहिलेको लागि रातो आलु आयो’, उनले भने, ‘बजारमा अहिले यसको खपत पनि राम्रै भइरहेको देखिन्छ ।’उनका अनुसार, अहिले बजारमा दैनिक २ सय टन आलु काठमाडौं उपत्यकाका लागि आइरहेको छ । तीमध्ये ८० प्रतिशत भारतीय र बाँकी २० प्रतिशत नेपाली आलु हो । जसमा पनि नयाँ आलुको हिस्सा निकै कम छ । उनले बजारमा नयाँ आलु कम मात्रामा रहेकाले पनि केही समय मूल्य बढी पर्ने बताए । उनी भन्छन्, ‘अहिले नयाँ आलु कम छ, जसका कारण पनि मूल्य बढेको हो ।’नयाँ आलु अरू क्षेत्रबाट पनि आउन थालेपछि भने मूल्य केही घट्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑