• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आचारसंहितामा आयोगको कडाइ, ११ दिन ५१ वटा उजुरी

  • वीरगंज संजाल
  • ६ कार्तिक २०७९, आईतवार १२:३५
  • १५५३

    वीरगंज । आचारसंहिता उल्लंघन गर्नेविरुद्ध निर्वाचन आयोग कडा बन्दै गएको छ। निर्वाचनलाई खर्चिलो, भडकलो र प्रभावित पार्न खोज्ने व्यक्ति, सरकारी कर्मचारी, संघ–संस्था, उम्मेदवार र नेताविरुद्ध आयोग आक्रामक बनेको हो। मंसिर ४ गते हुने प्रतिनिधिसभा÷प्रदेशसभाको निर्वाचन नजिकिँदै गएपछि आचारसंहिता मिच्ने क्रम पनि बढेको छ। एघार दिनको अवधिमा आयोगले आचारसंहिता उल्लंघन गर्ने ५१ घटनामा संलग्नहरू विरुद्ध स्पष्टीकरणपत्र काटेर कारबाही प्रक्रिया अघि बढाइएको आयोगको कानुन महाशाखाले जनाएको छ। आयोगका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार सामाजिक सञ्जाल, सञ्चारमाध्यम तथा व्यक्तिले लिखित रूपमा आचारसंहिता मिच्नेहरू विरुद्ध उजुरी गरिरहेका छन््। गत स्थानीय तहको निर्वाचनमा क्रममा ६८ वटा घटनामा आयोगले स्पष्टीकरण सोधेको थियो।

    पूर्वप्रधानमन्त्रीहरूबाटै अचारसंहिता उल्लंघन : आचारसंहिता उल्लंघन गर्नेमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायत छन््। रौतहटको चुनावी कार्यक्रममा नेपालले फ्रि भिसा र फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने लोभ दिएका प्रकरणमा आयोगले स्पष्टीकरण सोधेर थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ। त्यसैगरी कांग्रेस महामन्त्री एवं झापा क्षेत्र नं. १ का उम्मेदवार विश्वप्रकाश शर्मालाई पनि आयोगले आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोधेको छ। झापास्थित आगलागी पीडित केवल निरौलाको घर निर्माणका विदेशबाट आएको सहयोग रकम उनले पीडितलाई हस्तान्तरण गरेको हो।अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा २ लाख ५० हजार रुपैयाँ रकम आएको थियो। निर्वाचनको माहोलमा कुनै उम्मेदवारले आर्थिक सहयोग रकम हस्तान्तरण गर्न नहुने उल्लेख छ। स्प्ष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंबाट रकम हस्तान्तरण भएको बारे के कसो भएका हो ? यदि तपाईंबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम किन कारबाही नगर्ने ?’

    उम्मेदवारले लगाए आयोगमाथि लाञ्छना : निर्वाचन आयोग र पदाधिकारीलाई लाञ्छना लगाउने तीन नेता तथा उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। उम्मेदवार तथा एक प्रदेश मन्त्रीसहित तीन जनालाई आयोगले सो स्पष्टीकरण सोधेको हो। आयोगले माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मीराम आचार्य, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एवं कैलालीको प्रदेशसभा क्षेत्र नं. ४ (क) का उम्मेदवार दीर्घबहादुर सोडारी, कांग्रेसको सुदूरपश्चिम प्रदेशका सभापति एवं कैलाली क्षेत्र नं. ४ का उम्मेदवार वीरबहादुर बलायरलाई स्पष्टीकरण सोधेको हो। उनीहरूले चुनावीसभालाई सम्बोधन गर्ने क्रममा आयोग र आयोगका पदाधिकारीहरूलाई लाञ्छनापूर्ण अभिव्यक्ति दिएको हो।आयोगका सह–प्रवक्ता कमल भट्टराईका अनुसार ती उम्मेदवार र नेताहरूले चुनावीसभामा निर्वाचन आयोग एकपक्षीय भएको आरोप लगाउँदै पदाधिकारीलाई कालोमसो दल्नुपर्नेसम्मको अभिव्यक्ति दिएको सञ्चार माध्यममा समाचर प्रकाशित भएको बताए।

    तिहारपछि विकटमा मतपत्र ढुवानी : तिहारपछि मात्रै विकट जिल्लामा मतपत्र ढुवानी हुने भएको छ। वर्षाले सडक अवरुद्ध भएकोले मतपत्र ढुवानीमा समस्या भइरहेको हो। निर्वाचनका लागि ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी भएको आयोगले जनाएको छ। मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालीकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लाको मतपत्र भने तिहारपछि मात्र ढुवानी हुनेछ। तिहारअघि थप ६ वटा जिल्लाको मतपत्र ढुवानी गरिने छ।प्रत्यक्षतर्फको ढेड करोड मतपत्र छापिएको छ। पछिल्लो विवरणअनुसार हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कुल १ करोड ५१ लाख २४ हजार मतपत्र छपाइ सम्पन्न भएको हो। जसमध्य प्रदेशसभाका लागि ७५ लाख २५ हजार र प्रतिनिधिसभातर्फ ७५ लाख ९९ हजार मतपत्र रहेका छन्। हालसम्म प्रतिनिधिसभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा, अछाम, कैलाली, कञ्चनपुर, रोप्पा, प्युठान, दाङ, रुकुमपूर्व, अर्घाखाँची, गुल्मी, बर्दिया र नवलपरासी पश्चिमलगायतका जिल्लाहरूको मतपत्र छपाइ सम्पन्न भएको छ। प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फका लागि आयोगले ४ करोड मतपत्र छाप्ने योजना बनाएको छ।

    मतपत्रको पृष्ठभूमि रंग सेतो : प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्रको पृष्ठभूमि रङ सेतो रहेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणका लागि कालो रङ प्रयोग भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणको रंग रातो मसिको रहेको छ।

    सुरक्षामा चासो : आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको शान्तिसुरक्षा चुस्त बनाउन राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायका प्रमुख÷प्रतिनिधिहरूसँग छलफल गरेको छ। आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुंगेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण बताए। सुरक्षा व्यवस्थामा आपसी सहकार्य र समन्वय गर्नुपर्नेमा उनले जोड दिए।सुरक्षा निकायका प्रमुख÷प्रतिनिधिहरूले शान्ति सुरक्षाको वर्तमान अवस्था, विगतको निर्वाचनको सुरक्षा अनुभव, आगामी निर्वाचनमा आउनसक्ने सुरक्षा चुनौती र भइरहेको सुरक्षा तयारीबारे आयोगलाई जानकारी गराएका थिए।छलफलमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्याललगायत सहभागी थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑