धनगढी । प्रधानमन्त्रीसहित सत्ता गठबन्धन दलका प्रमुख नेताहरू आइतबार धनगढी आउने भएका छन्। उनीहरू आज सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढीमा गठबन्धनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेका हुन्।
धनगढीको ओम पार्टी प्यालेसमा आयोजना हुने प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललगायत नेताहरू आउन लागेका कांग्रेस कैलालीका सचिव केशव मिश्रले जानकारी दिए।
गठबन्धनका शीर्ष नेताहरू पहिलोपटक सुदूरपश्चिममा एकैसाथ आउँदैछन्। दिउँसो ११ बजेबाट कार्यक्रम सुरु हुने बताइएको छ।