• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको निर्यात ६६ प्रतिशतले घट्यो

  • वीरगंज संजाल
  • ६ कार्तिक २०७९, आईतवार ११:१२
  • १६०१

    वीरगंज । सरकारले आयातमा लिएको कडाइको नीति र बजार संकुचनको प्रभाव वैदेशिक व्यापारमा परेको छ । नेपालको वैदेशिक व्यापार ओरालो लागेको सरकारी निकायको तथ्यांकले देखाएको छ । आयातनिर्यात परिमाणका आधारमा देशको सबैभन्दा ठूलो वीरगञ्ज भन्सारको तथ्यांकले यस्तो देखाएको हो । चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो त्रैमासका तीनओटै महीनामा यो भन्सारमार्फत हुने वैदेशिक व्यापार निरन्तर घटिरहेको छ । गत आव २०७८/७९ को सोही अवधिको तुलनामा बितेको असोजमा कुल वैदेशिक व्यापार परिमाण २६ प्रतिशतले घटेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बताए । त्यसअघि चालू आवको साउन र भदौ दुवै महीना यो नाकाबाट हुने वैदेशिक व्यापार घटेको प्रमुख भन्सार अधिकृत बरुवालले जानकारी दिए । सरकारले गत आवको दोस्रो चौमासदेखि आयात नियन्त्रणको उपाय अपनाएको थियो ।

    सरकारले विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न भन्दै विलासी वस्तु आयात रोक्ने नीति लिएको छ । औद्योगिक कच्चा पदार्थ र अत्यावश्यकबाहेकका वस्तु आयातको एलसीमा नगद मार्जिनको नियम छ । यसैबीच वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएपछि व्यापार झन् शिथिल बनेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् । ‘सरकारले लिएको आयात निरुत्साहनको नीति र लगानीयोग्य रकम अभावलाई कारण देखाएर बैंकहरूले कर्जामा पनि कडाइ र ब्याज बढाएपछि त्यसको सोझो असर माग र आपूर्तिमा परेको हो,’ अध्यक्ष गुप्ताले भने । वीरगञ्ज भन्सारका अनुसार चालू आवको साउनदेखि असोजसम्ममा वैदेशिक व्यापारमा करीब २० प्रतिशतले कमी आएको छ । गत आवको सोही अवधिमा कुल वैदेशिक व्यापार १ खर्ब ९८ अर्ब रुपैयाँ बराबर थियो । चालू आवमा यो आकार १ खर्ब ५९ अर्ब रुपैयाँमा खुम्चिएको छ ।

    निर्यातमा उल्लेख्य कमी : यो नाकाको आयात ११ प्रतिशतले घट्दा निर्यात भने ६६ प्रतिशतले घटेको भन्सारको तथ्यांकले देखाउँछ । यो नाकाबाट आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, सवारी साधन र औद्योगिक कच्चा पदार्थ पर्छन् । यी सबै वस्तुको आयात घटेको छ । निकासीतर्फ विगत वर्षहरूमा प्रशोधित खानेतेलको मुख्य योगदान थियो । अहिले खानेतेलको भारत निकासी स्वाट्टै घटेको छ । गतवर्षसम्म भारतमा यस्तो तेलको आयातमा उच्च दरमा सीमा शुल्क लाग्दा स्वदेशी उद्योगले यसको लाभ उठाएका थिए । स्वदेशका दर्जनभन्दा बढी उद्योगले तेस्रो मुलुकबाट कच्चा तेल भित्र्याएर प्रशोधित तेल निर्यात गर्दै आएका थिए । भारतले बजार मूल्य नियन्त्रणमा राख्न यस्तो शुल्क शून्यदेखि २ दशमलव ५ प्रतिशतसम्ममा सीमित गरेपछि निकासी करीब बन्द भएको ओसीबी फुड्स एन्ड फिड्सका सञ्चालक सुरेश रुंगटा बताउँछन् ।

    घट्यो राजस्व : वैदेशिक व्यापार खुम्चिएपछि त्यसको प्रभाव सरकारले उठाउने राजस्वमा देखिएको छ । वीरगञ्ज भन्सारले चालू आवका कुनै पनि महीनामा राजस्वको लक्ष्य भेट्टाउन सकेको छैन । पछिल्लो ३ महीनामा यो नाकाबाट उठेको राजस्व लक्ष्यको तुलनामा ३० प्रतिशत कम छ । वीरगञ्ज भन्सारले आप्mनो वेबसाइटमा प्रकाशित गरेको तथ्यांकअनुसार यो भन्सारलाई चालू आवको पहिलो त्रैमासका लागि ५६ अर्ब ३७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको थियो । भन्सारले ३९ अर्ब ६२ करोड रुपैयाँमात्र उठाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑