वीरगंज । बलिउड अभिनेता सलमान खानलाई डेंगु संक्रमण भएको छ । संक्रमण कायमै रहेको अवस्थामा खानले बिग बोस १६ को प्रस्तोता हुन नसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हाल बिग बोस १६ लाई लोकप्रिय बनाउन धेरै मेहनत गरिरहेका बेला खान बिरामी परेका छन् । खान बिरामी परेका बेला करण जोहरले प्रस्तोताको भूमिका निभाउने भएका छन् । प्रस्तोताको रूपमा करणलाई खानले नै छानेका हुन् । चिकित्सकले खानलाई आराम गर्न सल्लाह दिएका छन् ।
खान ‘किसी का भाइ किसी का जान’ फिल्मको छायांकन समेत गरिरहेका थिए । उनी अब केही दिन फिल्मको छायांकनबाट समेत टाढा रहने भएका छन् ।